गगनको चर्चा थियो, गैरकाँग्रेसले समेत मन पराउने विश्वप्रकाश शर्मा भए पार्टी प्रवक्ता, कारण यस्तो…

गगनको चर्चा थियो, गैरकाँग्रेसले समेत मन पराउने विश्वप्रकाश शर्मा भए पार्टी प्रवक्ता, कारण यस्तो…

Bishow Prakash Sharma

काठमाडौँ, २५ पुस — नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्तामा नियुक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ। संसदीय निर्वाचनमा कांग्रेसको पराजयपछि केही युवा नेताहरुले नेतृत्व परिवर्तनको माग राखेर महासमिति बैठक बोलाइरहेका बेला देउवाले शर्मालाई प्रवक्ता बनाएका हुन्।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । हालै निर्वाचनमा उनी माओवादीका राम कार्कीसँग पराजित भएका थिए । पछिल्लो समय अर्का युवा नेता गगन थापालाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा पनि आयो ।  गैरकाँग्रेसले समेत मन पराउने क्षमतावान शर्मा पराजित भएका कारण पनि उनलाइ यो जिम्मेवारी दिएको बताईन्छ ।

पार्टी प्रवक्ता नियुक्तिपछि शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने बताए । झापाका युवा नेता शर्मा प्रखर वक्ता मानिन्छन् । हाईस्कुल पढ्दापढ्दै नेविसंघबाट शर्माले राजनीति सुरु गरेका थिए।

उनी ८ कक्षा पढ्दापढ्दै झापास्थित धुलाबरी स्कुलको स्ववियू सभापति, ०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुँदै नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। विभिन्न सामाजिक सञ्जालमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूजगण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds