पोखरा लेखनाथ महानगरपालिकाको हविगत, जहाँ मेयरको आदेश वडा अध्यक्षले टेर्दैनन्

पोखरा लेखनाथ महानगरपालिकाको हविगत, जहाँ मेयरको आदेश वडा अध्यक्षले टेर्दैनन्

Ghar

पोखरा लेखनाथ महानगर पालिका वार्ड नं. ५ का लेख वहादुर खत्री र सोही ठेगानाका दिल वहादुर खत्रीले आफ्नो जग्गा अतिक्रमण गरि घर निर्माण गरेको भन्दै संधियार प्रेम वहादुर खत्री क्षेत्री विरुद्ध पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा निवेदन दिए ।

मेयर मान वहादुर जि.सी.ले २०७४ पुष १९ गते निरीक्षण महाशाखाको नाममा आदेश जारी गरे । मेयरको आदेश पत्रमा मिति २०७४ पुष ९ मा पत्राचार गरि रेखाकंन गरेको भाग जति आफ्नै तर्फबाट हटाउन भनिएकोमा नहटाइएको हुँदा स्थानिय सरकार संचालन ऐन २०७४ को (परिच्छेद ७) दफा ४१ वमोजिम हटाई सो को जानकारी गराउनुहुन भनिएको छ । (हेर्नुहोस् आदेशको पूर्ण पाठ)

मेयर जि.सी.ले पुष १९ गते वुधवार जारी गरिएको आदेश कार्यान्वयनमा आउन आलटाल गरिएको भन्दै निवेदकले गुनासो गरेका छन् । आदेश जारी हुनुभन्दा अगाडि सम्पूर्ण छानविन प्रकृया पुरा भइसकेको संलग्न प्रमाण कागजवाट स्पष्ट हुन आएको छ । तर पनि मेयर जि.सीको आदेशलाई तुहाउन आरोपीको दवाव प्रभावमा वडा अध्यक्ष धन वहादुर नेपालीले अतिक्रमण नहटाउन आफै महानगर कार्यालयमा पुगेर निरिक्षण महाशाखा प्रमुखलाई भेटेर घर नभत्काउन दवाव दिएको वुझिएको छ । वडा अध्यक्ष र निरीक्षण महाशाखा प्रमुखको भेटघाट पछि अतिक्रमण गरि निर्मित घर टहरा भत्काउने कार्य तुहाउने खेल भइरहेको वुझिन आएको छ ।

प्रेम वहादुर खत्री क्षेत्रीले वडा नं. ५ को कि.नं. १११ नं. को डेढ फिट भन्दा वढी जग्गा मिचेर घर निर्माण गरेको महानगर वाट खटी गएका प्राविधिक (अमिन) हरु दिवाकर सुवेदी, प्रकाश सिग्देल र गणेश गिरीको टोलीले ०७४÷९÷६ मा दिएको प्रतिवेदनमा ११४ मा वनेको प्रेम वहादुर खत्री क्षेत्रीको घरले कि.नं. १११ को केहि भाग मिचिएको किटानी रिपोर्ट दिएको छ ।

प्राविधिक प्रतिवेदन अनुसार कारवाही टुङ्ग्याइए पनि वडा अध्यक्ष डि.वि. नेपालीले उक्त विवादलाई मिलाएर लैजाने वताउँछन् । आफ्नै मेयरले गरेको आदेशलाई टार्न वडा अध्यक्षले महानगरपालिकाका निरीक्षण शाखाका कर्मचारी मार्फत आलटाल गरिरहेका छन्। वडा अध्यक्ष नेपालीले घर भत्काउन महानगरका मेयरले गरेको आदेशको जानकारी नपाएको वताए । तर उनले त्यसो भने पनि नगरपालिकाको कार्यालय को. चं.न. ९५११ मिति २०७४÷९÷९ को जानकारी पत्र वडा नं. ५ का वडा सचिव र घर धनी प्रेम वहादुर खत्रीले ०७४÷९÷१८ मा वुझेको भरपाई समेत खिचेपछि पुष १९ गते मेयर मान वहादुर जि.सीले घर भत्काउने आदेश दिएका थिए ।

महानगरका निरीक्षण महाशाखा प्रमुख वसन्त चालिसेले पुन दुवै पक्षलाई राखेर छलफल गरेर विवाद समाधान गर्ने वताए। मंगलवार दुवै पक्षलाई राखेर समाधानको प्रयास गरिएको पनि चालिसेले वताए । तर महानगरका प्रमुख प्रशासकिय अधिकृत दिर्घनारायण पौडेलले मेयरले आदेश गरिसकेको विषयमा थप कुनै छानविन गरेर ढिलासुस्त ी गर्न आवश्यक नरहेको प्रस्टयाए।

वडाले वुझ्नुपर्ने, मिलाउनु पर्ने भए पहिले नै मिलाई सक्नु पर्ने थियो आदेश भइसकेपछि अव कार्यान्वयनमा जानुको विकल्प नरहेका अधिकारीले यता घरधनी पक्षले मेयरको आदेश प्रति असन्तुष्टि व्यक्त गरेका छन्। महानगरपालिकाका मेयरले हाम्रो यथार्थता नै नवुझी गरेको एकतर्फी आदेश मान्न आफू तयार नभएको घरधनी सकुन्तला खत्री क्षेत्रीले वताइन । उनले महानगरले जर्वजस्ती घर भत्काउन खोजे आफू अदालत जान वाध्य हुने पनि सकुन्तलाले वताइन् ।

वडा कार्यालय आफ्नो गुनासो सुनुवाई नगरेपछि वाध्य भएर महानगरपालिकामा उजुरी गरेको निवेदकका कान्छा छोरा तिर्थ केसीले वताए । अव महानगरको आदेश कार्यान्वयन को विकल्प नरहेको केसीले वताए ।

पोखरा लेखनाथ महानगर पालिकाका यस्ता थुप्रै निर्णय संकटमा परेका छन् । गरेका निर्णय तथा आदेशलाई कार्यान्वयन हुन नदिने, निर्णय आदेश उल्टयाउने र मेयरलाई कमजोर पार्ने खेल भइरहेको पाइन्छ ।

अवका दिनमा त्यस्तो नहुने मेयरका निजी सचिव लक्ष्मण तिमल्सिनाले वताए । मेयरको निर्णयमा व्यक्त हुने कुरै आउँदैन । सुरक्षा व्यवस्थापन मिलाए र आदेश कार्यान्वयन गरिने पनि सचिव तिमल्सिनाले वताए ।

स्थानिय सरकारले आफ्नो विरासत स्थापित गर्न विधिको साशन कायम गर्नु जरुरी छ । निर्दोषले सजाय पाउन र दोषीले उन्मुक्ती पाउने नजिर कुनै पनि वहानामा स्थापित गर्न नहुने तर्फ सवै पक्ष जिम्मेवार हुनु आवश्यक छ । नगरमा व्याप्त अराजकतालाई ढाकछोप गर्न स्थानिय जनप्रतिनिधिले भूमिका खेल्नु हुन्न । वडा अध्यक्षहरु वाटै मेयरलाई कमजोर वनाउने हो भने मेयर कसरी सफल हुन्छन् ? यो अतिक्रमण प्रकरण एउटा नमूना घटना हुन सक्छ जसले आगामी दिनमा कानून कार्यान्वयनमा प्रश्न उठ्न सक्छ ।

सराङकोट साप्ताहिक (पत्रपत्रिकाबाट)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ