पोखरा, पुस १४ / पोखराकै पुरानो पोखरा बहुमुखि क्याम्पसका विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यार्थीले सडक बालबालिकालाई कपडा वितरण गरेका हुन् ।
स्नातकतह तेश्रो वर्षमा अध्ययनरत मानविकी र व्यवस्थापन संकायका विद्यार्थीको सक्रियतामा ५१ जना सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको सदस्य रोशन पौडेलले बताए । उनका अनुसार न्यानो कपडा वितरणका लागि विद्यार्थीले च्यारिटी शो मार्फत रकम संकलन गरेका थिए । क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीकोे सक्रियतामा कपडा वितरण गरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताईन् ।
विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरुलाई खाना पनि खुवाएका थिए । सामाजिक काममा विद्यार्थीको सहभागिता बढाउनका लागि आफुहरु सक्रिय भएको विद्यार्थी कल्याणकारी संघका उपाध्यक्ष बिजय नेपालीले बताए ।
उनका अनुसार विद्यार्थीलाई कपडा गर्न र खुवाउनका लागि १ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये पोखरा–लेखनाथ महानगरपालिका कार्यालयले ५० हजार रुपैयाँ सहयोग गरेको नेपालीले बताए ।
कपडा वितरण कार्यक्रममा प्रदेश सदस्य बिन्दुकुमार थापा, वडा अध्यक्ष रामराज लामिछाने लगायत व्यवस्थापन समितिका सदस्यले विद्यार्थीको सहभागिताले समाज सकारात्मक सन्देश दिलाउन सकिने बताए । सामाजिक काममा विद्यार्थीको सक्रियता बढ्नु सकारात्मक हुने उनीहरुले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ