पोखरामा चटपट र पानीपुरी बेच्न रोक लगाउने तयारी

पोखरामा चटपट र पानीपुरी बेच्न रोक लगाउने तयारी

CHANA CHATPAT

पोखरा । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका लागि स्वस्थ्यकर नभएको बताए । पोखरामा आयाोजित कार्यक्रममा जिसीले त्यस्तो बनाएका हुन् । अहिले सामाजिक सञ्जालमा चटपट र पानीपुरी रोक लगाउन हुने वा नहुनेमा सामाजीक सञ्जालमा बहस समेत चलेको छ ।

चटपट र पानीपृुरीलाई सडक र फुट्पाथमा प्रत्यक्ष स्वास्थ्य सगँ खेलाची गर्ने गरि ब्यवसाय सन्चालन गर्न रोकलगाउने तयारी गरेको पोखरा लेखनाथ महानगरपालिका मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।

उनले पानीपुरी, चटपट ब्यवस्थित र सफा गरि राज्यको प्रकृयामा दर्ता गरि सन्चालन गर्न दिने बताए । त्यसका लागि मापदण्ड तयार गर्न लागेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ