पुष ११ / युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
पोखरा रंगशालामा आजदेखि शुरु भएको २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिए ।
सो अवसरमा मन्त्री केसीले नेपाल भलिबल संघका सल्लाहकार तथा मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रेमप्रसाद तुलाचन र भलिबल खेलाडी नवीनकुमार गुरुङलाई सम्मान गरे ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् ।
आज बिहान भएको खेलमा पुरुषतर्फ नेपाल आर्मीले पूर्वाञ्चललाई २५-२०, २५-१९, २५-२४ र दोस्रो खेलमा सशस्त्र प्रहरीले सुदूरपश्चिमाञ्चललाई २५-१२, २५-१७ र २५-१४ ले पराजित गरेका थिए ।
यस्तै महिलातर्फ सशस्त्र प्रहरीले पूर्वाञ्चललाई २५-२, २५-४, २५-७ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५÷७, २५÷११ र २५÷१७ ले पराजित गरेका थिए । प्रतियोगिता यही पुस १५ गतेसम्म चल्नेछ ।
RSS
सम्बन्धित खबर
प्रदीप मेमोरियल बास्केटबलः पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन
जनकपुरले उचाल्यो एनपीएलको उपाधि
प्रदीप मेमोरियल बास्केटलः महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने
प्रतिभा माविमा फुटसल प्रतियोगिता सुरू
खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनीय : मन्त्री थापा
महिला यू–१९ एसिया कप: नेपाल बंगलादेशसँग भिड्दै, विजयी भए फाइनल खेल्ने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु