रञ्जन अधिकारी पोखरा, १० पुस / कास्कीमा फेरि बिजुलीको तार व्यवस्थित नहुँदा एक बालिका विद्युत प्राधिकरणको लापरबाहीको शिकार भएकी छन् ।
पोखरा रानीपौवाको घटना सेलाउन नपाउँदै कास्कीको साविक मिजुरेडाँडा हाल मादी गाउँपालिका वडा नं. ९ गहते ठुलोगाउँकी १५ वर्षीया बालिका एलिशा गुरुङको ज्यान गएको हो ।

साँझको खानाको लागि बारीमा साग टिप्न जाने क्रममा आईतबार साँझ बारीमै प्रवाह भईरहेको करेन्टका कारण मृत्यु भएको हो । साग टिप्न गएकी बहिनी नफर्किएपछि दिदी केम कुमारी बारीमा हेर्न जाँदा उनी मृत अवस्थामा भेटिएको आफन्त समेत रहेका स्थानीय सरस्वती कुञ्ज निमाविका शिक्षक उत्तर गुरुङले जानकारी दिए । मृतक बालिका एलिशा सोहि स्कूलबाट आठ कक्षा पास गरी गोर्जे स्थित हिमालय हिमालय माविमा कक्षा नौ मा अध्ययनरत थिईन् । यमबहादुर र हेमकुमारीकी कान्छी छोरी एलिशाका एक दाइ र दुई दिदी छन् ।

‘परीक्षा दिएर फर्केपछि क्षामा साग टिप्न बारीमा जानुभएको रहेछ । बिजुलीको हाईटेन्सन लाईन र पोललाई अड्याउन जमिनमा बिछ्याईएको तार टच भएर जमिनमा करेन्ट प्रवाह भएको रहेछ ।’ – गुरुङले भने– ‘एक हप्ता अघि मात्रै लप्सी बोट ढल्दा तारहरुमा क्षति पुगेको थियो । राम्ररी मर्मत नगरिदिँदा यस्तो दुःखद् घटना भो ।’

ठ्याक्कै एक हप्ता अघि पुस ३ गते लप्सी बोट ढलेर तारमा क्षति पुगेको थियो । तार भुईंमा लत्रेपछि आगो नै लागेको थियो । त्यसले चार वटा पोलमा असर पुगेको थियो । गुरुङका अनुसार ६ जना प्राविधिकले साँझसम्म मर्मत गरेपछि भयो भनेर अधेंरो भएपछि हिँडेका थिए । ‘तार उताबाट तानियो, धेरै तन्कियो यसकै कारण हो भन्ने हाम्रो अनुमान छ । खिर्रा रुख पनि काट्या हो नत्र अहिले यस्तो घटना कसरी हुन्छ ? पहिले पनि त्यही बारीमा गएकै हो ।’ उनले भने ।

डाँडाको नाक प्रहरी चौकीबाट प्रहरी पुगेर मुचुल्का तयार गरेको उनले बताए । अहिले पुरै विद्युत अवरुद्ध भएको छ । घटनापछि गाउँलेहरु आक्रोशित छन् । उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । नत्र आन्दोलनमा उत्रने गाउँलेको चेतावनी छ ।
यसअघि, ठूलो सौराहा सानो गाउँ आसपासमा बिजुली पोलमै स्यालहरु डढेर मरेको, दिउँसै पनि तारहरु पड्केको घटना भएका छन् ।
मादी ८ नागीधारमा मोबाईल चार्ज गर्ने क्रममा एक पुरुष र गहतेकै सानो गाउँमा आश बहादुर गुरुङ बिजुलीको तारमा परेको चट्याङका कारण ज्यान गुमाईसकेका छन् ।
यस्तै, गत साउन २६ गते पोखरा ११ रानीपौवामासडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भएकोमा उपचारकै क्रममा १७ कार्तिकमा मृत्यु भएको थियो ।
बिजुलीको हाइटेन्सन लाईनलाई व्यवस्थित गर्न विद्युत प्राधिकरण चुकेको छ । यस्तो लापरबाहीले आम नागरिक त्रसित छन् ।

तस्विरः उत्तर गुरुङ
सम्बन्धित खबर
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ
पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम