कास्कीकाे भाचाेकमा बस दुर्घटना, महिला वडा सदस्यकाे मृत्यु, ९ घाईते

कास्कीकाे भाचाेकमा बस दुर्घटना, महिला वडा सदस्यकाे मृत्यु, ९ घाईते

FB_IMG_1513954951753

पोखरा, ७ पुस । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाकाे मृत्यु भएकाे छ ।

पोखराबाट भाचोकका लागि छुटेको ना३ख ७४३६ नम्बरकाे बस भाचाेक नजिकै गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका वडा नम्बर ९ की पदमकुमारी नेपालीकाे मृत्यु भएको छ । उनी हालै निर्वाचित दलित महिला सदस्य हुन् ।

प्रहरीका अनुसार ९ जना यात्रु घाईते भएका छन् । तिमध्ये छ जनाकाे अवस्था गम्भीर छ । घाईते हुनेमा बसका चालक अमृत भुजेल सहित भाचोकका तारा गुरूङ, २२ बर्षिय बिष्णु गुरुङ, ४३ बर्षिय गंगा गुरुङ, १९ बर्षिया तारा नेपाली, उनका ६ महिने छोरा समिप नेपाली, ३० बर्षीया ज्योति गुरुङ, २२ बर्षिया पुनम नेपाली, १३ बर्षिय सरोज नेपाली छन् ।

बसका सहचालक समेत रहेका अर्जुन बरालले हामफालेर ज्यान बचाएका छन् । सधैं साे रूटमा चल्ने उक्त बस सडकको डिल भासिएर पल्टिएको हो । बस धेरै तल खसेकाे बताईन्छ । प्रहरी घटनास्थल पुगेकाे छ । स्थानीयले तत्काल उद्धार गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ