पालिखे चोक बीचको ठाउँ खाली गर्न क्लबले घर भत्कायो, घर हटाउ, चौतारोको रुख नकाट

पालिखे चोक बीचको ठाउँ खाली गर्न क्लबले घर भत्कायो, घर हटाउ, चौतारोको रुख नकाट

Palikhechowk

पोखरा ६ पुस । बाटा–चौबाटा चौडा पार्ने पोखरा महानगरको अभियानअन्तर्गत महेन्द्रपुल युथ क्लबले पालिखेचोकस्थित आफ्नो घर भत्काएको छ ।

क्लबले आफूले २०४९ सालदेखि प्रयोग गर्दै आएको घर आफैं भत्काएर चौडा गर्ने अभियानलाई सहयोग गरेको हो । क्लबका अध्यक्ष विष्णु कायस्थले व्यक्तिगत वा सानो समूहको स्वार्थ हेरेर चोक चौडा गर्ने अभियानलाई रोक्न नहुने भन्दै आफूहरुले सहयोग गरेको बताए । ‘महानगरपालिकाको तर्फबाट हाम्रो भवन भत्काउन अनुरोध आयो,’ उनले भने, ‘राम्रो कामलाई सहयोग गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेकाले आफंै भत्काएका हौं ।’

सँगै रहेको चौतारा हटाउन पनि क्लबले सहयोग गर्ने अध्यक्ष कायस्थले बताएका छन् । विभिन्न समाजिक क्रियाकलापमा आफूहरु केन्द्रित रहेको भन्दै उनले राम्रा कामका लागि अरू सहयोग गर्नसमेत क्लब तयार रहेको उनले सुनाए ।

महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास पहिल्याउने जिम्मेवारी पाएका वडा नम्बर ४का अध्यक्ष शंकरप्राद बास्तोलाले क्लबको सहयोगले निकासका लागि मार्गप्रशस्त गरेको बताए। ४० वर्षअघिदेखि प्रयास गर्दासमेत चौडा गर्न नसकिएको चोक अब छिट्टै चोडा हुने उनको दाबी छ । अबबीचको चौतारी र सहमति जुटेका घरमा काम अगाडि बढाइने बास्तोलाले बताए । आफूले मेयरबाट प्रष्ट निर्देशन पाएको भन्दै उनले वडा नम्बर ३ र ९का वडाध्यक्षसँग आपसी समन्वयमा निकास निकालिने बताए । पालिखे चोकमा निजी र सार्वजनिक जमिनमा गरी ५ घर रहेकोमा सार्वजनिक जमिनमा बनेको क्लबको घर भत्काइएको हो ।

बाँकी निजी जमिनर घर भएकामध्ये २ जना महानगरपालिकाको सहमति नजिक छन् । उनीहरु छिट्टै प्रक्रिया अगाडि बढाउँदै मुआब्जा बुझ्न तयार भएका छन् । छिट्टै प्रक्रियामा गएर टुंग्याउन उनीहरुले आग्रहसमेत गरिरहेको बास्तोलाले जानकारी दिए । महानगरपालिका सहमति जुटेका ठाउँमा सहमति र नजुटेका ठाउँमा नियमअनुसार प्रक्रियामा जानेकुरामा दृढ रहेको महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रष्टाए । ‘केही सहमतिमा आइसकेको मलाई हाम्रो संयोजक (शंकर बास्तोला)ले जानकारी दिनुभएको छ,’उनले भने, ‘अरुपनि छिट्टै सहमतिमा अउँछन् र निकास निस्कन्छ भन्नेमा ढुक्क भए हुन्छ ।’निर्वाचन अगाडि नै निकास निकाल्ने भनिएकोमा केही अवरोध भएको र निर्वाचनले समेत छोपेकाले ढिलाइ भएपनि अब छिट्टै उपलब्धि देखिने गरी काम अगाडि बढ्ने उनले दाबी गरे ।

पोखराका वडा नम्बर ३ र ९ माझ सडकबीच पर्ने मिश्री उदास, दूधमान उदास र वसन्त उदासको नाममा रहेको ढुंगामाटोको घर, प्रदीपशंकर पालिखेको नाममा रहेको २ तले घर, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको कच्ची घर त्यहाँ छन् ।

महानगरका अरु ठाउँमा पनि समस्या रहेका र त्यो समाधानका विषयमा पालिखेचोक (साँघुको मुख) भोलि गलत नजिर बन्न नदिनेमा आफू सचेत रहेकोे मेयर जिसीले दोहो¥याए ।बाटा चौडा पार्ने अभियान कसैका कारण नरोकिने उनले पुन प्रष्टाएका छन् ।सम्भव भएसम्म सहमति जुटाउने र नजुटे स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम महानगरले आफ्नो प्रक्रिया थाल्ने उनको प्रष्टोक्ति छ ।

समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज ।

यसैबीच, ठूला रुखहरु माँसिदै गएको सन्दर्भमा दशकौं पुरानो रुख भने नकाटी सडकतिरका हांगाहरु काटेर मात्र सडक फराकिलो पार्न जनदबाब छ । त्यहाँ स्थित सबै घरहरुलाई उचित मुआब्दा जिई हटाएर बीचको चौतारा सानो पारी दायाँ बायाँ सडक बनाउन मिल्ने र सोहि अनुसार गर्न नागरिकले दबाब दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ