गण्डक न्युज पोखरा, ५ पुस / एमआरएफ टायरको अत्याधुनिक शोरुम पोखराको उत्तमचोकमा सञ्चालनमा ल्याएको छ ।
७५ प्रतिशत बजार ओगट्न सफल एमआरएफ टायरको अत्याधुनिक शोरुम ‘स्मार्ट टायर जोन’ बुधबारदेखि यहाँ सञ्चालनमा आएको हो । शोरुमको एक औपचारिक कार्यक्रमकाबीच एमआरएफ कम्पनीका राजेश पन्तले शुभारम्भ गरे ।
पन्तले वर्षौं पूरानो एमआरएफ टायर अत्यन्तै गुणस्तरी तथा भरपर्दाे रहेको बताए । नेपालमा बढि मात्रामा एमआरएफ टायर ग्राहकहरुले प्रयोग गर्ने बताउदै यसको नेपाली बजारमा छुट्टै छबि रहेको समेत बताए । पन्तले पोखरा तथा यस आसपासका जिल्लाहरुका ग्राहकहरुको टायरको मागलाइ स्मार्ट शोरुमले पुरा गर्ने विश्वास समेत व्यक्त गरे ।
स्मार्ट टायर जोनका सञ्चालक सुमन थापाले प्रदेश नं ४ का ग्राहकहरुलाई सहज रुपमा गुणस्तरीय टायर उपलब्ध गराउने उद्देश्यले लेकाली चुलो नजिकै स्मार्ट टायर जोन नाम दिएर सञ्चालनमा ल्याएकोे बताए ।

उनका अनुसार हेभी, लाईट, मिनि, कमर्शियल तथा दुई पांग्रे साधनका लागी आवश्यक एमआरएफ कम्पनीका टायर तथा ट्युब सुपथ मुल्यमा पाईने छ । साथै, ग्राहकहरुका आकस्मिक सेवाका लागी मर्मत समेत गरिने थापाले बताए ।
स्मार्ट टायर जोनमा बढि टिकाउ हुने र भरपर्दाे टायर १५ सय देखी ५० हजार रुपैया सम्ममा ग्राहकहरुले खरिद गर्न सक्ने थापाले बताए । साथै एमआरएफ टायरका आधिकारिक बिक्रेता स्मार्ट टायर जोनले उपभोक्ताहरुलाई लक्षित गर्दै आगामी चैतबाट कम्प्युटर प्रबिधीबाट ह्वील एलाईमेन्ट सेवा प्रदान गर्ने समेत बताए । उनका अनुसार ह्वील एलाईमेन्ट सेवा अन्तर्गत सवारी साधनको टायरमा नाईट्रोजन ग्यास भरिनुका साथै कम्प्युटर प्रविधिबाट सवारी साधनको अवस्था जाँच समेत गरिनेछ ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले पोखराको बजार विस्तार संगै विभिन्न उत्पादनका ब्राण्डहरु भित्रनु सुखद भएको बताए । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसनका अध्यक्ष कालीदास पौडेलले शोरुमको सुरुवात पोखराको बजारमा यसको विस्तारका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
१९ सय रुपैयाँले घट्यो सुनको मूल्य
पोखरा इन्टरनेटको नयाँ बर्षमा अफरै अफर
सुनको मूल्य अहिलेसम्मकै उच्च
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो
महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम ‘अग्नि आस्था’ पोखरामा पनि
सुनचाँदीको मूल्य बढ्यो
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर