५ पुष काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अगाडि बढिरहेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् ।
विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका छन् ।
पार्टी अध्यक्ष ओली बन्ने की प्रचण्ड ? बन्ने भन्नेमा विवाद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको हो ।
तर, प्रचण्डले एकीकृत कम्युनिष्ट पार्टीको पावरफुल अध्यक्ष बन्न चाहेकाले उनले नमानेको खण्डमा एकता प्रक्रिया अवरुद्ध हुन जान्छ । त्यसमा ओली लचिलो बनेर अघि बढ्न तयार रहेको बुझिएको छ । एमालेका अन्य वरिष्ठ नेताहरुले त एकै व्यक्ति प्रधानमन्त्री, अध्यक्ष हुन नहुने र प्रचण्डलाई अध्यक्ष मान्न तयार भइसकेका छन् ।
काँग्रेसले फुटको राजनीति सुरु गर्दा प्रचण्ड लोभिएका छैनन् । अहिले काँग्रेसले एकतामा फुट ल्याउन प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै माओवादीलाई दिन तयार तर काँग्रेससँग मिलेर सरकार बनाउन अफर गरिसकेको कुरा बाहिर आईसकेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड – नेपाल
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकताको पार्टी अध्यक्ष दिँदा केही फरक नपर्ने बताएका छन् । प्रचण्डको नेतृत्व र सांगठानिक क्षमताबारे आफूलाई जानकारी भएको बताउने गरेका छन् ।
नेता नेपाल एकता प्रक्रियामा माओवादी केन्द्रलाई सम्मानजनक हैसियत दिनु पर्ने बताउँदै आएका छन् । उनले आफ्नै पार्टीका महासचिवलगायतका नेताहरुले एकल नेतृत्वको पक्षमा दिएका अभिव्यक्तिको खण्डन गर्दै बहुपदीय प्रणालीमा जानु पर्ने बताउँदै आएका छन् ।
सम्बन्धित खबर
रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस–युक्रेन युद्धमा मारिए
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रमुख दलका नेताहरु भन्छन्: ‘ज्ञानेन्द्रको गतिविधि आपत्तिजनक छ, सपना छोडिदिए हुन्छ’
ज्ञानेन्द्रलाई गृहमन्त्रीको जवाफ: ‘गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै हौसिन आवश्यक छैन’
पूर्वराजाको स्वागतमा सडकमा फोहोर गरेपछि राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग