पोखरा बिरौटामा दुई बाईक यसरी जुध्यो…

पोखरा बिरौटामा दुई बाईक यसरी जुध्यो…

bike accident

रञ्जन अधिकारी पोखरा, २ पुस / पोखरा एयरपोर्ट गेट नजिकै बिरौटामा आईतबार मध्यान्ह ठूलो दुर्घटना भयो । दुवै बाईकमा धेरै क्षति पुगेपनि भाग्यवश दुवै चालकलाई भने केहि भएन । व्यस्त सडकमा स्पीड र ओभरटेक गर्दाको परिणाम हो यो ।

आईतबार पूर्वान्ह ११ः५० बजे एयरपोर्ट अगाडिको व्यस्त सडकमा दुई बाइक आपसमा ठक्कर खाएको हो । लमजुङ सुन्दरबजार ४ घरबाट पोखरा आएका सुदीप अधिकारी पृथ्वीचोकबाट मुस्ताङचोक तर्फ गईरहेका थिए ।

बा ३८ प ७९१९ नम्बरको हंक बाईकमा रहेका उनी आफ्नै साईडमै थिए । स्याङ्जा सतौंका प्रदीप केसीले गाडी ओभरटेक गर्ने क्रममा केसी चढेको ग ९ प १८२२ नम्बरको पल्सर बाईक अधिकारीको बाईकसँग ठोक्कियो ।

ठक्कर खाएको हंक बाईक गुड्नै नसक्ने गरी बाङ्गिएको छ । अधिकारी सामान्य घाईते छन् । उनले भने- ‘म आफ्नै साईडमा थिएँ, अर्को बाईक ओभरटेक गर्दै आयो र ठोक्कियो ।’ उनी सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीमा कार्यरत छन् ।

केसी भने गाडीको कारण दुर्घटना भएको बताउँछन् । दुवै बाईकमा पछाडि बस्ने नभएकाले ठूलो क्षति टर्यो । घटनापछि प्रहरी पुगेर बाईक र चालक नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ