पोखरा, पुस १ । पोखरा लेखनाथ महानगरपालिकाको पस्र्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको छ । घाईतेको अवस्था चिन्ताजनक छ । परिचय नखुलेका घाईतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ग १ ख ५८८२ नंं को ट्रकले विपरित दिशाबाट आईरहेको ग ७ प ९७०७ नं को मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । आक्रोसित स्थानीयले ट्रक तोडफोड गरेका छन् । सडकमा डिभाईडर नराखिएका कारण दिनहुँ दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
धादिङ जोगिमारामा बस र ट्रक ठोक्किँदा ४१ घाइते
धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
File Photo
सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम