पाेखरा, २९ मंसिर / जिल्ला मालपोत कार्यालय कास्कीको भवन भन्दा भवन बसेर १ व्यक्ति निलो फाईल यसरी चलाएर बसेका छन् ।
उनी मालापोत कार्यालयका कर्मचारी होईनन् त्यो फाईल न कानूनी रुपमा उनले चलाउन पाउँछन् नत त्यो फाईल मालपोत कार्यालय भन्दा बाहिर नै लैजान पाईन्छ । उनी मालपोतका कार्यालयका कर्मचारी नभएपनि तर उनले कार्यालयको महत्वपुर्ण फाईल पनि आफु खुसी चलाएका छन् । उनी मात्र होइन अरु सेवाग्राहीले पनि आफुखुसी फाईल चलाउने गरेको देखिन्छ । समाधान दैनिकमा सुरेशराज अधिकारीको न्युज छ ।
केही समय अगाडि सम्म यसरी कार्यालयको फाईलहरु यसरी कार्यालयको फाईलहरु सेवाग्राहीले आफुखुसी चलाउन रोकीएको थियो । तर आजभोली जिल्ला मालपोत कार्यालय कास्कीका विभिन्न फाईलहरु सेवाग्राही आफुखुसी चालाएका हुन्छन् । उनीहरुले कर्मचारीकै अगाडी यसरी फाईल लैजादा कार्यालयका कर्मचारीहरु वास्ता गदैनन् ।
कतिपय फाईलहरु घाम ताप्दै पल्याउदै गरेको पाईन्छ । कार्यालयका फाईहरु जस्ले मन लाग्यो तेसैले चलाउदै गर्दा अन्य सेवाग्राहीलाई समस्या पर्ने कर्मचारीहरु वास्ता गदैनन् ।
कार्यालयको फाईल सेवाग्रहीले चलाउदा गोप्नीयता हुने, अन्य धेरै सेवाग्राहीलाई अप्ठायरो पर्ने, फाईलहरु हराए, च्यातीयमा समस्या पर्ने भानु पाजुली बताउछन् । यसरी जस्ले मन लाग्यो त्यसैले फाईल चलाउदा कार्यालयको कर्मचारीहरुको काम नै नहुने उनले बताए ।
कास्की जिल्ला मालपोत कार्यालय प्रमुख अधिकृत चिरन्जीवी सापकोटाले फाईल सेवाग्राहीले चलाएको आफुलाई जानकारी नभएको बताए । उनले भने,‘कहि कतै त्यस्तो भएमा सुधार गरिने छ ।’ उनले एउटा फाटबाट अर्के फाटमा लैजानका लागि पनि सेवाग्राहीले फाईल चलाएको भन्दै तर्किए ।
सकभर बाहिरीलाई वा सेवाग्राहीलाई कार्यालयका फाईलहरु चलाउन नदिने व्यबस्था गराएको उनले बताए । कहिलेकाँही पुराना रेकर्ड खोज्दा छिटो नभेटिने कारण सेवाग्राहीले फाईलहरु चलाएको गुनासो गरे ।
कार्यालयमा प्रयोग गरिने सर्वरमा केन्दीय कार्यालयबाट समस्या आएको कारण केही कामहरु गर्न अप्यारो आएको सापकोटाले बताए । सबै कामहरु अनलाईन प्रविधीमा गएको हुनाले केही समस्या आएको उनको भनाई छ । उनले यस बिषयमा सबै कर्मचारीलाई भनेको सुनाए ।
उनले धेरै सेवाग्राही आउने कारण पनि कहिलेकाँही भिडमा यस्तो समस्या हुने बताए । यस्ता घटनाहरु कम गर्न प्रत्येक कोठामा सिसि जोडेको सापकोटाले जानकारी दिए । उनले अनलाई सिस्टममा गएतापनि फाईलबाट पनि सेवा दिनुपर्ने कारण काम धेरै भएको कारण कर्मचारीका पनि केही काम थपिएर बोझ भएको बताए ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी