बिराटनगर, २९ मंसिर / चुनाव जितेपछि नेता फर्केर नि आउादैनन् भनिन्छ । तर कतिपय नेताहरु प्रतिबद्धता दोहोर्याउँदै धन्यवाद व्यक्त गर्न दौडधुपमा छन् । यसमध्येममा पर्छन् मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका वाम गठबन्धन उम्मेदवार एवं एमाले नेता पूर्व मन्त्री लालबाबु पण्डित ।

विजयी भएको पर्सिपल्टै बिराटनगरमा संयुक्त विजयीसभापछि आफ्ना क्षेत्रमा लालबाबु पुगिरहेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयीहरु आफ्ना प्रतिवद्धता पूरा गर्ने बाचासहित निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा उनी व्यस्त छन् ।

उनी यतिबेला घरघरमा पुगेर कार्यकर्ता एवं शुभचिन्तक र मतदातालाई धन्यवाद पनि दिइरहेका छन् । विराटनगरमा घरदैलो, मतदाता र शुभचिन्तक भेटघाट गरेपछि मंगलबार सुन्दरहरैंचामा आयोजित विजय ¥याली र सभामा सहभागी भए । गछिया बलियामा उस्तै भिड रह्यो । शुक्रबार बुढीगंगा गाउँपालिकामा धन्यवाद व्यक्त गर्न उनी पुगे ।

आफ्ना चुनावी एजेन्डालाई अनुमोदन गरिएको भन्दै सबै मतदातालाई धन्यवाद दिएर एजेन्डा स्थापित गराएरै छाड्ने प्रतिवद्धता दोहो¥याए । उनले निर्वाचनका बेला आफूले मतदातासंँग गरेका सबै प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए । मेरो पहिलो प्राथमिकता जुनसुकै मूल्य चुकाएर भए पनि विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने नै हो, उनले भने ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा वाम गठबन्धन र एउटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १२ वटामा प्रदेशसभा मध्ये सातवटामा वाम गठबन्धन, चारवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला