रुपाताल मानवीय र प्राकृतिक चपेटामा परेकोमा संरक्षण गर्न डिपिआर तयार, १० करोड बजेट

रुपाताल मानवीय र प्राकृतिक चपेटामा परेकोमा संरक्षण गर्न डिपिआर तयार, १० करोड बजेट

Rupa Lake

पोखरा / मानवीय र प्राकृतिक चपेटामा परेको रुपाताल संरक्षणका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजना शुरु भए संगै डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार पारेको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यालय प्रमुख रामप्रसाद अर्यालले उक्त डिपिआरमा तयारमा १ सय ५० स्थानमा सामान्य गल्ती भएको बताए । समाधान दैनिकका लागि सुरेशराज अधिकारीको न्युज छ ।

उनले यस्ता गल्तीले योजनामा असर नपार्ने भन्दै केही दिनमा नै देखिने गरि काम शुरु हुने बताए । उनका अनुसार अबको केही दिन भित्रै तालको वरपर संरक्षण गर्ने क्षेत्रफल छुट्टयाउनको लागि कर्मचारीहरु खटिने छन् । योजना अनुसार काम गर्नको लागि कार्यालयमा प्रविधिक ल्याएर केही दिनमा प्रत्यक्ष देखिने गरेर काम शुरु गर्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिका र रुपा गाउँपालिकामा पर्ने तालमा अहिले मुआब्जा दिने जग्गा मात्र छुट्टयाइने र यसले अधिग्रहण हुने जग्गा कसको कति पर्ने भन्ने जग्गा धनीलाई जानकारी दिने बताए । अर्यालले भने,‘तालभित्र कति जग्गा पर्छ केही दिनमै सबैलाई थाहा हुन्छ ।’ उनले तालको ठाउँ ठाउँमा गहिराइ नाप्ने र संरक्षण योजना भित्र पर्ने जग्गा छुट्टयाउने लगायको काम हुने बताएका छन् ।

परियोजना अनुसार तालको मुख्य मुहान तालवेसीबाट आउने पानीलाई ३ ठाउँमा पोखरी बनाएर जम्मा गरिनेछ जसले गर्दा मुहानबाट खोलाले बगाएर ल्याएको ढुंगा मुढा, बालुवा तालमा पुग्ने छैन । यसले गर्दा ताल पुरीने सम्भावना घटने छ ।

यो कामको लागि १० करोड बजेट छुट्टयाइएको अर्यालले बताए । सम्पूर्ण योजनाको लागि १ अर्ब छुट्टयाइएको छ । केही समयमा अन्य कामको लागि टेन्डर निकालिेअर्यालले जानकारी दिए । उनले बहुवर्ष योजनाभएकाले अहिले पहिलो चरणको काम भएको बताए ।

कार्यालय उपप्रमुख ढाकाराम आचार्यले तालको मुआब्जा भित्र पर्ने केही जग्गा छुटेको र केही मुआब्जा भन्दा बाहिरको जग्गा परेको कारण मुआब्जा दिने जग्गामा केही घटबढ भएर आउने छ । सिस्टेनीघाट–सुवेदीटुँडामा ६ सय मिटर लम्बाइ, जग्मा १२ मिटर चौडाइ, ६ मिटर अग्लो र पानीको सतहभन्दा ४ मिटर माथिसम्म बाँध निर्माण हुनेछ । यसले अहिलेको भन्दा पानीको सतह ४ मिटर बढ्नेछ ।

तालको मुख्य स्रोत तालवेसी खोलाबाट बर्खामा बगाएर ल्याउने माटो तथामुडा तालको मुहान क्षेत्रबाटा ताल पुरिँदै गएको छ । वर्षनी ६ रोपनीका दरले ताल पुरिँदै गएको छ । अहिले तालको औसत गहिराई ४ मिटर रहेको छ । योजना संरक्षण गरेपछि तालको गहिराइ ९ मिटरको हुनेछ ।

२०३२ सालकोको नापीमा १ सय ३६हेक्टर क्षेत्रफलमा फैलिएको रूपाताल अहिले १ सय ७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १ सय ७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । २०६४ मा केन्द्रीय नापी टोलीको तथ्यांकअनुसार रूपातालको ८ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds