मोरङ ६ मा काँग्रेसका शेखर कोईरालालाई पराजित गर्दै प्रतिनिधि सभामा सांसद चुनिएका बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डित विजयी भएको दिनदेखि नै मतदातालाई धन्यवाद ज्ञापन गर्न आफ्नो क्षेत्र डुलिरहेका छन् ।
ठूलो राष्ट्रिय झण्डा फरफराउँदै एमाले पोलिटब्युरो सदस्य समेत रहेका पण्डित आफ्नो क्षेत्र सुन्दर हरैंचा, बुढीगंगा, विराटनगरमा डुलिरहेका छन् ।

विश्वासको मत प्राप्त गरेपछि आफूलाई विश्वास गरी मतदान गर्ने सबैप्रति आभार प्रकट गर्न पनि आफू डुलेको उनले बताए । ‘उहाँहरुले मलाई विश्वास गरी जिताउनुभयो । नयाँ ठाउँमा अत्यन्त माया गरिदिनुभयो । यसरी अबिर लगाउने बनाउनुभयो । उहाँहरुलाई धन्यवाद ज्ञापन गर्दै नतिजा आएको दिनदेखि हिँडेको छु ।’ पण्डितले भने – अब उहाँहरुको विश्वास अनुसार काम गर्नुपर्छ । म उहाँहरुले जिताउनुभएको राष्ट्रकै सांसद मुलुक र यो क्षेत्र विकास गर्नुपर्छ । मेरो ठाउँबाट सक्दो गर्नेछु ।

यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरे। पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । कोईराला खानदानको विरासत क्षेत्र भनेर चित्रित विराटनगरमा लालबाबु पण्डित उदाए ।

अत्यन्त चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक थियो, मोरङ ६ । जहाँ कांग्रेस नेता डा। शेखर कोइरालालाई चुनौती दिँदै वाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका थिए एमाले नेता लालबाबु पण्डित । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई निकै ततायो ।

लालबाबुको पक्षमा देशभरको जनलहर उर्लियो । सामाजिक सञ्जालमा जित्नैपर्ने नेता भनेर पहिलो नम्बरमा लालबाबुलाई राख्दथे । पण्डितलाई चुनाव जित्न निकै सकस थियो । किनकि उनको आफ्नो क्षेत्र नंं ३ बाट क्षेत्र नं। ६ मा उनी पुगेका थिए । जुन क्षेत्र बिराटनगरलाई काँग्रेसका कोईराला खलकको विरासतको रुपमा लिईन्थ्यो ।

सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत वाहवाही कमाएकाले पण्डित भने उच्च मनोबलमा थिए ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने