गण्डक न्युज पोखरा, २७ मंसिर / पोखरामा सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । मंगलबार बेलुकी पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित शिशुवामा रोकिराखेको पिकअप भ्यानमा स्कुटर ठोक्किँदा लक्ष्मण भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कैलाली, फुलबारी ४ घर भई पोखरा बस्दै आएका २१ वर्षीय भण्डारीको ज्यान गएको हो ।
शिशुवाबाट भण्डारढिकतर्फ जाँदै गरेको ग १३ प ५५५१ नम्बरको नयाँ स्कुटर बेलुकी सवा ५ बजे सडकमै रोकिराखेको ग २ च ४४८ नम्बरको पिकअप भ्यानमा ठोक्किन पुगेको थियो । दुर्घटनालगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच, बुधबार बेलुकी साढे ६ बजे गाडीको ठक्करबाट एक पुरुष गम्भिर घाईते भएका छन् ।
पोखरा २ अर्चलबोटमा ग १ ज ६५२८ नम्बरको गाडीले अन्नपूर्ण गाउँपालिका वडा नंं १ का विष्णुबहादुर कुँवर गम्भिर घाईते छन् । करीब ५५ वर्षीय कुँवरको मनिपाल शिक्षण अस्पतालमा उपचार भईहरहेको छ । अहिलेसम्म उनको होस आएको छैन ।
कुँवरलाई ठक्कर दिएर भागेको सो गाडी प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ । गाडीलाई हिट एण्ड रन केसमा कारबाही प्रक्रिया अघि बढाएको जनाईएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम