कास्कीको समानुपातिक मतगणना पनि सकियो, एमाले पहिलो, विवेकशील चौथो

कास्कीको समानुपातिक मतगणना पनि सकियो, एमाले पहिलो, विवेकशील चौथो

1V6A8680

कास्की, २७ मंसिर । कास्कीमा समानुपातिक र प्रदेशसभा दुवैतर्फ एमाले पहिलो दल बनेको छ ।

कास्कीमा समानुपातिकको सबै मतगणना सकिँदा प्रतिनिधिसभातर्फ कास्कीमा एमालेले सबैभन्दा बढी ८२ हजार ६ सय ४८ मत ल्याएको हो । कांग्रेसले एमालेपछिको धेरै मत हासिल गरेको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६० हजार ७ सय ८९ मत बटुलेको छ ।

नेकपा माओवादी केन्द्र १३ हजार ८ सय ८१ मत ल्याउँदै तेस्रो भएको छ भने ७ हजार ३ सय २७ मत बटुलेर विवेकशील साझा पार्टी चौथो ठूलो दल बन्न सफल भएको छ ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, राप्रपाले ३ हजार ३ सय ३, नयाँ शक्तिले १ हजार ७ सय ९ र संघीय समाजवादी पार्टी १ हजार ३ सय ८७ मत हासिल गरेका छन् ।

प्रदेशसभातर्फ ७७ हजार ४ सय ८७ मत ल्याउँदै एमाले पहिलो भएको छ भने कांग्रेसले एमालेपछिको ५८ हजार १ सय ७२ भोट ल्याएको छ । नेकपा माओवादी केन्द्र १४ हजार ६ सय ३८ मत ल्याउँदै तस्रो र विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४ मत ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ