काठमाण्डौँ । चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी पत्नी सिर्जना त्रिपाठी दाहालले प्रतिनिधी सभा सदस्यमा निर्वाचित प्रचण्डलाई चितवन पुगेरै बधाई दिएकी छिन् ।
प्रकाश-सिर्जना पुत्र ‘प्रसिद्ध’ भने पुत्र वियोगमा परेका प्रचण्डको मन भुलाउनका लागि बाबुको स्थानमा रहेर चितवनमै हजुरबुबासँग थिए । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवासँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सिर्जना आज चितवन पुगेर बधाई दिएकी हुन् । सिर्जना नेकपा माओवादी कास्कीकी नेतृ हुन् ।

तस्वीर:राधिका कंडेल
चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसी मिलेको छ । उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ ।
सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

प्रचण्डले जिते, ९ हजारभन्दा बढी मतान्तर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ३२ मत पाएका छन् ।
अध्यक्ष प्रचण्डले पहिलो पटक आफ्नै गृहजिल्लामा प्रतिस्पर्धा गरेका हुन् । यसअघि उनी पहिलो संविधानसभामा रोल्पा तथा काठमाडौंबाट र दोस्रो संविधानसभामा सिरहाबाट विजयी भएका थिए ।
गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएका प्रचण्ड नयाँ संविधानको कार्यान्वयन र स्थानीय चुनावताका फेरि प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला