पोखराको माउण्टेन म्युजियममा फेस्टिवल, निःशुल्क प्रवेश

पोखराको माउण्टेन म्युजियममा फेस्टिवल, निःशुल्क प्रवेश

mountain-muesum-3

गण्डक न्युज  पोखरा, २५ मंसिर  / पोखराको पर्यटकिय गन्तव्य अन्तराष्ट्रिय क्षेत्रिय संग्रहालयमा सोमबारदेखि पर्वतीय महोत्सव सुरु भएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा संचालित उक्त महोत्सव मंगलबारसम्म चल्नेछ । महोत्सवमा किराँत, शेर्पा, गुरुङ, थकाली, मगर, लगायतका जातिहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषणलाई अवलोकन गर्न पाइने गरी सेमिनार समेत भएको छ ।

महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अब देशमा राजनीतिक संक्रमण सकिएकोले अब समृद्धितर्फ जोड दिनुपर्ने बताए । उनले भने “ देशमा हामीलाई दुई वटा शव्द धेरै पटक भन्दै आइयो तर अब संक्रमण शब्दलाई हामीले छाडेर अब समृद्धिको कुरामा हामी केन्द्रित हुनुपर्छ । ”

देश संघियतामा गएसंगै पर्यटन पुर्वाधारमा समेत विभिन्न संघ राज्यहरुले समन्वय गरी विकास गर्नू पर्ने उनको भनाई थियो । उनले भने “ नेपालमा पर्यटनको धेरै सम्भावना छ, यहाँको आर्थिक विकास र समृद्धि पनि पर्यटनले धेरै हिस्सा ओगट्न सक्ने भएकोले गर्दा अब हामीले केन्द्रमा पर्यटकीय गतिविधिलाई प्रोत्साहन गर्न स्थानिय स्तरमा धेरै सहज हुने गरी ऐन नियमहरु बनाई दिन्छौं । ” छिमेकी मुलुक भारतमा धेरै धार्मिक पर्यटकहरु भएकोले गर्दा उनीहरुलाई पशुपति र मुक्तिनाथ मन्दिरको दर्शन गराउन सके पनि हाम्रो धेरै विकास हुने पर्यटन सचिव न्यौपानेको भनाई छ ।

पोखराका निमार्ण हुदै गरेको अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तिव्र गतिमा भएको बताउदै मुआव्जाको बिषयमा केहि भए तत्काल टुंगाउन उनले निर्देशन समेत दिएका छन।

पोखरा, भैरहवा र निजगणमा विमानस्थल बनेसंगै नेपालमा अन्तराष्टिन्य स्तरका चार वटा विमानस्थल भएमा नेपालीले सोचे चन्दा धेरै पर्यटकहरु आउने हुदा त्यसको पुर्वाधार निमार्णमा निजी क्षेत्र र सरकारी निकायले समयमै सोच्नु पर्ने समय आएको पर्यटन सचिव न्यौपानेले बताए । पर्यटनको दायरा फराकिलो पार्दै पर्यटनका सम्भावना भएका क्षेत्रलाई उजागर गरी थप पर्यटन पुर्वाधार निमार्णमा सवै जना जुट्न न्यौपानले आग्रह गरे ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्त विर लामाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघका उपाध्यक्ष दिवस विक्रम साह, संघ अन्नपुर्ण च्याप्टर पोखराका अध्यक्ष कृष्ण प्रसाद काफ्ले, पोखरा पर्यटन परिषदका महासचिव श्रीकृष्ण भण्डारी, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, नेपाल पर्यटन वोर्डका पुर्व सदस्य एवं पर्यटन व्यवसायि वासु त्रिपाठी लगायतले यस्ता पर्यटकीय महोत्सवले पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिएका थिए ।

महोत्सवमा करिब २५ वटा स्टलहरु रहेको महोत्सव निर्देशक कुसल गुरुङले बताए । महोत्सवमा पर्वतीय जनजिविका झल्कने, पर्वतीय क्षेत्रको कला संस्कृति र खेलकुदको प्रवद्र्धन गर्ने गरी विभिन्न कार्यक्रम रहेको निर्देशक गुरुङले बताए । ज्ञान, प्रविधि, सुचना मुलक सहितका हिमाली क्षेत्र देखि पर्वतीय क्षेत्रको कला संस्कृति र खानपिनलाई समेत महोत्सवमा प्रर्दशन गरिने भएको उनले जनाए ।

प्रबेश निःशुल्क रहेको महोत्सवमा छेलो प्रतियोगिता समेत राखिएको छ । उक्त प्रतियोगितामा पुरस्कारको व्याबस्था गरेको कालाभाङ घडेरी समाजका अध्यक्ष दुर्गा गुरुङले बताए । समाजले उक्त प्रतियोगिताको व्याबस्थापन गरेको हो । विजेताले १० हजार उपविजेताले ७ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ ।

त्यसै गरी महोत्सवमा खुल्ला क्लाम्बिङ, आर्चरी (तारा) खेल, साईकल र्याली लगायतका कार्यक्रमहरु रहेको संघका केन्द्रिय महासचिव कुल बहादुर गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ