पोखरा, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा कास्कीमा ९ हजार १३ मत बदर भएको छ । कास्कीमा प्रतिनिधिसभाको चुनावमा ५ हजार २ सय १५ र प्रदेशसभातर्फको चुनावमा ३ हजार ७ सय ९८ मत बदर भएको हो ।
कास्कीमा प्रतिनिधिसभाको चुनावमा खसेको १ लाख ८० हजार ८ सय ४६ मध्ये १ लाख ७५ हजार ६ सय ३१ मत सदर र ५ हजार २ सय १५ बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जनाएको छ । बदर मत कुल खसेको मतको २.८८ प्रतिशत हो ।
त्यस्तै, प्रदेशसभातर्फ १ लाख ८० हजार ८ सय ३ मत खसेकोमा १ लाख ७६ हजार ९ सय २३ मत सदर भएको जनाइएको छ । प्रदेशसभातर्फ ३ हजार ७ सय ९८ मत बदर भएको हो । यो खसेको मतको २।१० प्रतिशत हो ।
प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा ६९ हजार ९८ मत खसेकोमा २।३३ प्रतिशत मत बदर भएको छ । यस क्षेत्रमा ६७ हजार ४ सय ८६ मत सदर र १ हजार ६ सय १२ मत बदर भएको जनाइएको छ ।
क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा २।९३ मत बदर भएको छ । सो क्षेत्रमा ४८ हजार ४ सय ४९ मत सदर र १ हजार ४ सय ६४ मत बदर भएको हो । क्षेत्र नम्बर ३ मा ६१ हजार ८ सय ३५ मत खसेकोमा ३।४६ प्रतिशत मत बदर भएको छ । उक्त क्षेत्रमा ५९ हजार ६ सय ९६ मत सदर र २ हजार १ सय ३९ मत बदर भएको छ ।
मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्यै
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
स्याङ्जामा आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन
राष्ट्रपति पौडेल पोखरामा
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम