मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्य विजयी उम्मेद्वार लालबाबु पण्डितले आफ्नो जित मोरङ क्षेत्र नम्बर ६ को मात्र नभएर सबैको जित भएको बताएका छन् ।
‘यो जित मोरङ ६ बासीको हो, मुलुकको हो, सम्पूर्ण जनताको हो । विश्वासको मत दिनुभयो, विश्वास तोडिनेछैन ।’ ६ सय ७५ मत अन्तरले कांग्रेसका नेता डा. शेखर कोइरालामाथि जित हातपारेका पण्डितले हँसिलो मुद्रामा भने – ‘मतदाताले विश्वासका साथ मलाई चुनेका छन्, उनीहरुको विश्वास, इज्जतप्रति शिर निहुराउने काम मबाट हुनेछैन ।’
मोरङका ६ निर्वाचन क्षेत्रमा बामघटकको अग्रताप्रति पण्डितले भने, ‘यो क्षेत्रमा यसपटक सूर्य उदाएको छ, अब को पराजित भन्नेतर्फ मेरो ध्यान हुनेछैन, म सबैलाई समेटेर अघि बढ्छु ।’ यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् । यो क्षेत्रको वडाध्यक्षको मत हेर्दा कांग्रेसको १९ हजार ७६० छ भने एमालेको १७ हजार ९८२ छ । गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने कांग्रेस गठबन्धनको ३५ हजार र वाम गठबन्धनको २६ हजार बढी मत छ । झण्डै नौ हजार मतले पछि रहेपनि लालबाबुको हाईटले जित उनकै पोल्टामा पर्न सफल भयो ।
अत्यन्त चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक थियो, मोरङ ६ । जहाँ कांग्रेस नेता डा. शेखर कोइरालालाई चुनौती दिँदै वाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका थिए एमाले नेता लालबाबु पण्डित । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई निकै ततायो ।
लालबाबुको पक्षमा देशभरको जनलहर उर्लियो । सामाजिक सञ्जालमा जित्नैपर्ने नेता भनेर पहिलो नम्बरमा लालबाबुलाई राख्दथे । पण्डितलाई चुनाव जित्न निकै सकस थियो । किनकि उनको आफ्नो क्षेत्र नंं ३ बाट क्षेत्र नं. ६ मा उनी पुगेका थिए । जुन क्षेत्र बिराटनगरलाई काँग्रेसका कोईरालाख खलकको विरासतको रुपमा लिईन्थ्यो । सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत वाहवाही कमाएकाले पण्डित भने उच्च मनोबलमा थिए ।
कांग्रेस संस्थापक नेता बीपीका भाइका छोरा शेखरलाई कोइराला परिवारकै छविले सहज आंकलन गरिएको थियो । कोइराला परिवारको राजनीतिलाई निरन्तरता दिई आएका शेखरलाई मधेसी समुदायबाट आएका पण्डितबीच देखिएको प्रतिस्पर्धा मतगणना नसकिउन्जेल रोचक बन्यो । सुरु देखि नै अग्रता कायम गरेका लालबाबुले एक हजारदेखि दुई हजार कटाएर अग्रता लिईरहेका थिए । अन्तिममा भने शेखरले अग्रता छोट्याएका थिए ।
कोइराला र पण्डितबीच चिनजानको विषयमा लिएर ठूलै चर्चा चल्यो । कांग्रेस नेता कोइरालाले आफूले प्रतिस्पर्धीलाई नचिनेको बताएपछि पण्डितले जनताले चिनाईदिने बताएका थिए । नभन्दै लालबाबुले सबैलाई आश्चर्यचकित पारेर जितेर नै देखाईदिए । दुवैले जित्ने दाबी गरेका थिए । लालबाबुलाई विदेशबाट समेत मजदुरको एक सय रुपैंया उठाएर कतारबाट ६० हजार रुपैंया आयो । अष्ट्रेलियाबाट ५ लाख बढी रकम पठाईएको थियो । कोइरालाको राजनीतिक उद्गम थलो विराटनगरमा आफ्नो विरासत कायम राख्न शेखर असफल बने । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला समानुपातिक सूचीमा बसेपछि शेखर प्रत्यक्ष निर्वाचनमा भिडेका हुन् ।
३३ हजार २ सय ६६ मत हात पार्दै पराजित भएका कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु मुलुकको सम्बृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित भएर जनतामाझ रहने बताएका छन् । जित हार प्राविधिक विषय भएको जनाउदै डा. कोइरालाले जनताको माया ममता, सद्भाव रहँदा रहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरुपमा लिएको बताए ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो