कास्कीमा बाम गठबन्धनले खाता खोल्यो, एमालेका कृष्ण थापा भारी मतान्तरले विजयी ।

कास्कीमा बाम गठबन्धनले खाता खोल्यो, एमालेका कृष्ण थापा भारी मतान्तरले विजयी ।

Krishna Thapa won

पोखरा, मंसिर २३ । कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए ।

उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९ मत पाउँदा बरालले ८ हजार ३ सय २५ मत पाए ।

३८ हजार मतदाता रहेको यो क्षेत्रमा २६ हजार ४ सय ३३ गणना भएको थियो । जसमध्ये ६ सय १२ मत बदर भएको थियो ।

विजयी भएपछि थापाले सम्पूर्ण मतदातालाई आभार प्रकट गरेका छन् । उनले चुनावका दौरान आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले सक्दो भूमिका खेल्ने बताउँदै अमूल्य मत दिएर आफूलाई जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ