कास्की क्षेत्र नं. १ को मतगणना सुरु [लाईभ अपडेटका लागि हामीसँगै रहनुहोला]

कास्की क्षेत्र नं. १ को मतगणना सुरु [लाईभ अपडेटका लागि हामीसँगै रहनुहोला]

24852240_390729591356751_872885213681230769_n

पोखरा, २२ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना कास्कीमा सुरु भएको छ ।

सर्बदलीय बैठक पछि कास्की क्षेत्र नं. १ को मतगणना सुरु भएको हो ।  कास्कीमा १ बजेपछि मात्र मतगणना कार्य प्रारम्भ भयो । कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय कार्यालयमा मतगणना सुरु भएको हो ।

कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समिति कार्यालयमा मतगणना सुरु गर्ने तयारीमा छ ।

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए ।

Pic. Kanchan Thapa

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ