रञ्जन अधिकारी पोखरा, १७ मंसिर / नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्क्रिय गरिएको छ ।
आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो । निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । दुई वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ । एउटालाई १०ः०३ बजे र अर्को १०ः ४८ बजे डिस्पोज गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
विन्दुकुमार थापाको घरमै कास्की क्षेत्र नं. २ चुनाव प्रचार कार्यालय खडा गरिएको छ । बम पाँच घर माथि गल्लीमा भेटिएको हो ।
थापा लक्षित गरी बम राखिएपनि बम पड्किएको खण्डमा नजिकैको घरमा क्षति पुग्ने थियो । यस्तो अमानवीय हर्कतको स्थानीयले चर्को निन्दा गरेका छन् । प्रहरीले बम कसले राख्यो भन्नेबारे नखुलेको जानकारी दियो ।
यसअघि गत मंसिर ८ गते बेलुकी बाम गठबन्धन कास्की क्षेत्र नं. २ प्रचार सचिवालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । यस्तै, मंसिर १० गते नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै दिउँसो पेट्रोल बम डिस्पोज गरिएको थियो ।

सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते