बारा, मंसिर १७ / जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ ।
३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको स्थानीय समाजिक अगुवा कृष्ण खनालले बताए । हत्यामा संलग्न भएकाको पहिचान खुलेको छैन् ।
बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुतिरहँदा घटना भएको हो । घटनास्थल पर्सा जिल्लासित जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहेको हुन्छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’
मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका हुन् । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ,’ घटना स्थल पुगेका एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’ घटनापछि स्थानीय शोकमा छन् । गाउँमा त्रास बढेको छ । ‘सुरक्षाको चिन्ता भयो,’ एक स्थानीयले भने, ‘कसरी बस्ने ?’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो