तीन ठाउँमा हुनेछ कास्कीको मतगणना, हेर्नुहोस् कहाँ कहाँ ?

तीन ठाउँमा हुनेछ कास्कीको मतगणना, हेर्नुहोस् कहाँ कहाँ ?

kaski gadana

पोखरा,  १६ मंसिर /  कास्कीमा प्रतिनिधि र प्रदेश सभाको मतगणना क्षेत्रगत आधारमा हुने भएको छ । स्थानीय तहको मतगणना नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा गरिएको भए पनि अहिले भने प्रशासनिक केन्द्र रत्नपुरीमै गरिने भएको हो । समाधान दैनिकमा खबर छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयमा क्षेत्र नम्बर १, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा क्षेत्र नम्बर २ र जिल्ला समन्वय समितिमा क्षेत्र नम्बर ३ को मतगणना गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । सम्भावित ठाउँहरुको स्थलगत अवलोकनपछि ठाउँ चयन गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए ।

नगर प्रशिक्षण केन्द्रमा एउटा मात्र ठूलो हल भएको, अन्य साना हलको भूइँमा ढुंगा विछ्याइएको र सहजताको हिसाबले पनि पायक नपर्ने देखिएकोले रत्नपुरीमै मतगणना गर्न लागिएको हो । मत गन्ने कर्मचारीहरुले दिनरात नभनी खटिनुपर्ने भएकाले उनीहरुको सहजतालाई समेत ख्यान राख्नुपर्ने अधिकारीको भनाइ छ । उनले भने,‘कर्मचारीले सहज रुपमा काम गर्न पाएनन भने, बाहिर मत परिणाम कुरेर बसेकाहरुले समयमै नतिजा पाउन सक्दैनन, कर्मचारीको सुविधालाई पनि ख्याल गर्नुपर्छ ।’

मत पेटिका सुरक्षाको सुरक्षा प्रमुख सवाल रहेकाले पनि रत्नपुरी क्षेत्र नै उपयुक्त ठह¥याइएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । मतगणना अवधिभर जिल्ला मालपोत कार्यालय कास्कीबाट जिल्ला समन्वयतिर आउने बाटो सर्वसाधरणका लागि बन्द गरिनेछ । यसैगरी जिल्ला प्रशासन कार्यालय र अध्यागमन कार्यालयबीचबाट जिल्ला समन्वय छिर्ने बाटोबाट समेत उक्त अवधिमा सर्वसाधारण प्रवेश गर्न पाउनेछैनन् ।

कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीले परिचय पत्रको आधारमा प्रवेश पाउनेछन् । मतगणनाको अवधिभर ती कार्यालयहरुको दैनिक काम भने प्रभावित हुनेछ । पोखराका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले सम्बन्धित कार्यालयहरुलाई पत्र लेखेर मतगणनास्थलका लागि अनुरोध गरिसकिएको बताए ।

२०७० को संविधानसभा चुनावको मतगणना पनि रत्नपुरी क्षेत्रमै गरिएको थियो । त्यतिबेला क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला विकास समिति, क्षेत्रीय निर्वाचन कार्यालय र जिल्ला अदालतमा मतगणना गरिएको थियो ।

मतदान सम्पन्न भइसकेपछि सहजरुपमा मतपेटिका ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयले प्रबन्ध मिलाइसकेको छ । यातायात व्यवसायी समितिसँग समन्वय गरेर दुर्गम ठाउँका मतपेटिका ढुवानीको प्रबन्ध मिलाइएको छ ।

यसगरी, किास्कीका ५० मतदानस्थल सुुरक्षा र पहुँचका दृष्टिकोणकाबाट अति सम्वेदनशीलमा परेका छन् । जिल्ला सुरक्षा समितिले संकलन गरेको विवरण अनुसार ४९ मतदान स्थल सम्वेदनशील र ५१ मतदान स्थल सामान्य छन् । भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको अवस्थिति जस्ता सूचकका आधारमा मतदानस्थललाई वर्गीकरण गरी त्यही अनुसार सुरक्षा व्यवस्था मिलाइएको कास्कीका सिडिओ तारानाथ अधिकारीले बताए ।

अघिल्ला चुनावमा जस्तो यो पालि पनि ३ सुरक्षा घेरा रहनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना खटिने छ । सुरक्षा निकायबीच समन्वयका लागि संयन्त्र विस्तार गरिने भएको छ । स्थानीय तहको चुनावमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिका कारण अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका केही मतदानस्थलमा थप सुरक्षा व्यवस्था गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds