पोखरा, मंसिर १५ / राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङलाई शुक्रबार परिषद सदस्यबाट निलम्वन गरेको छ ।
गैर खेलाडीहरुलाई खेलाडी बनाएर अवैध तरिकाले बिदेश लैजान्छु भन्दै पैसा उठाएर फिर्ता नगरेको भन्ने समाचार सिधा कुरा जनतासँगमा रहस्य बाहिरिएपछि गुरुङलाइ निलम्वन गरिएको परिषदले जनाएको छ ।
सिधा कुरा जनतासँग कार्यक्रममा विदेश पठाईदिने भन्दै खेलाडीलाई ठगी गर्ने रहस्य बाहिरिएको थियो । हेर्नुहोस् कार्यक्रम ।
राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाहकार रोहित दाहालले गुरुङको स्पष्टिकरणमा चित्त नवुझे पछि परिषदले उनलाई निलम्वन गरेको बताएका छन । उनलाई परिषदको छानविन समितीको निर्णय नआउँदा सम्म निलम्वन गरिने भएको दाहालले बताए ।
उनलाई कार्वाही गर्न खेलाडी संघ र खेलकुदका विभिन्न संघ संस्थाहरुले परिषदमा दबाब समेत दिंदै आएका थिए । तर यस बारेमा उनी संग बुझ्न खोज्दा आफूलाई फसाइएको बताएका छन ।
पोखरामा सितेरियो करातेका सहायक प्रशिक्षक बाट परिषद सदस्यमा नियुक्त भएका गुरुङ सदस्यमा रहँदा यस क्षेत्र बाट खेलकुदका लागि उल्लेखिय काम समेत गर्न नसकेको बताइन्छ ।
सम्बन्धित खबर
प्रदीप मेमोरियल बास्केटबलः पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन
जनकपुरले उचाल्यो एनपीएलको उपाधि
प्रदीप मेमोरियल बास्केटलः महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने
प्रतिभा माविमा फुटसल प्रतियोगिता सुरू
खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनीय : मन्त्री थापा
महिला यू–१९ एसिया कप: नेपाल बंगलादेशसँग भिड्दै, विजयी भए फाइनल खेल्ने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु