नेपाल आइडलको सिड्नी, अष्ट्रेलियामा भईरहेको कन्सर्ट लाईभ हेर्नुहोस् …

नेपाल आइडलको सिड्नी, अष्ट्रेलियामा भईरहेको कन्सर्ट लाईभ हेर्नुहोस् …

Nepal-idol-top-3-660×330

नेपाल आइडलको टोलीले अष्ट्रेलियामा आफ्नो प्रस्तुति जारी राखेको छ । नेपाली टचले आयोजना गरेको कन्सर्टमा प्रस्तुतीका लागि टोली अष्ट्रेलिया पुगेको हो ।

प्रथम नेपाल आइडल विजेता वुद्ध लामा सहित निशान्त भट्टराई, प्रताप दास र कार्यक्रम प्रस्तोता सुशिल नेपाल अष्ट्रेलिया पुगेका हुन् । क्यानबेरा ओर्लिएको टोलीले त्यहाँ गत शुक्रबार कन्सर्ट सम्पन्न गरे । आइडलको अष्ट्रेलिया टुर अन्तर्गत नोभेम्बर २४ मा क्यानबेरा, २७ मा ब्रिसबेन कन्सर्ट सम्पन्न गरे । डिसेम्बर १ मा सिड्नी, ३ मा मेलबर्न, ९ मा होवर्ट, १६ मा पर्थ, २२ मा डार्विन र २३ मा एडिलेडमा हुँदैछ ।

नेपाल आईडल लाईभ इन सिड्नी ओलम्पिक पार्कबाट । यस लिन्कमा फेसबुक लाईभ भईरहेको छ ।

https://www.facebook.com/Australiakonepalipatra/videos/710870895769152/

सिड्नी लगायत अष्ट्रेलियाका विभिन्न शहरमा विभिन्न मितिमा कन्सर्ट कन्सर्ट हुँदैछ । अष्ट्रेलियाका कुल ८ शहरमा आयोजना हुने कन्सर्ट भव्य बनाउन आयोजकले प्रचार प्रसारलाई निकै तीव्रताका साथ अघि बढाएको छ । टचले प्रचारका लागि सिड्नी र मेलबर्नका ट्रेनहरुलाई माध्ययम बनाएको छ । कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विज्ञापन शैली पनि सोही अनरुपको गरिएको जनाएको छ ।

https://www.facebook.com/kaamkothaapp/videos/1129342413865874/

आयोजकका तर्फबाट दिपेश पुनले भने, ‘नेपाल आइडलप्रति अष्ट्रेलियामा रहेका नेपालीहरुको ठूलो क्रेज छ । सोही क्रेजलाई मध्यनजर गर्दै कार्यक्रम भव्य बनाउने हाम्रो तयारी हो । कन्सर्टस्थल पनि हामीले पाँच हजार दर्शक अपेक्षा गरेर ओलम्पिक पार्कलाई रोजेका छौं भने लाइट र साउण्ड सिस्टम पनि अन्तर्राष्ट्रिय स्तरकै प्रयोग गरेका छौं । त्यसैले प्रचार शैली पनि अन्तर्राष्ट्रिय कार्यक्रमको स्तरमा नै गरेका हौं ।’

https://www.facebook.com/kaamkothaapp/videos/1129330407200408/

उनले थपे ‘दुई शहरका ट्रेनमा दैनिक लाखौं मानिस ओहोर दोहोर गर्छन् । कतिपय नेपालीहरुलाई नेपाल आइडल निकै मनपर्ने भएपनि समयको व्यस्तताले थाहा नपाउन सक्छन् । त्यसैले कार्यक्रमलाई सबैमाझ पुर्याउन र भव्य बनाउन पनि प्रचार शैली यसअघि प्रचलित भन्दा अलिक फरक गरिएको हो । यसले नेपाल आइडल मन पराउने हजारौं दर्शकलाई कार्यक्रमका बारेमा जानकारी दिनुका साथै कार्यक्रम पनि भव्य बनाउन मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो । ’

त्यसो त नेपाली टचले आइडलको कन्सर्टलाई प्रतिष्ठाको विषय पनि बनाएको छ । अहिलेसम्म बलिउड नायक सलमान खान आउँदा बाहेक अष्ट्रेलियामा ठूलो संख्यामा रहेको भारतीय समुदायले पनि ट्रेनमा प्रचार गरेका छैनन् । पुन थप्छन्, ‘ट्रेनमा विज्ञापन गर्नुलाई कार्यक्रमको स्तरको मापक मानिन्छ ।

आइडलप्रति दर्शकको क्रेजलाई सम्बोधन गर्न हामीले कार्यक्रम भव्य बनाउने तयारी गरेका हौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो सम्बन्धित कार्यक्रम भएकाले यहाँका मानिसहरुको पनि अलिक चासो बढेको छ । यस्तो प्रकारको विज्ञापनले नेपालको प्रतिष्ठा पनि बढाउने काम गर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ