काठमाडौं । प्रचण्डको परिवारमा माइली बुहारी बनेर भित्रिएकी सिर्जना त्रिपाठीले अब पति प्रकाश दाहालले सम्हाल्दै आएको ससुराको निजी सचिवालय जिम्मा लिने सम्भावना बढेको छ ।
चुनावपछिदेखि उनले माओवादी पार्टी अध्यक्षको सचिवालय हेर्नेबारे प्रचण्ड निवासमै छलफल भएको बताइन्छ । कान्छी बहाुरी बीना मगर कञ्चनपुरबाट सांसद भएर नीति निर्माणमा सक्रिय रहने कुरामा शंका छैन । यसर्थ पनि सिर्जनाले खास जिम्मा पाउने सम्भावना बढेको छ ।
सिर्जनालाई प्रविधिबारे राम्रो ज्ञान भएको, स्नातकोत्तरसम्मको अध्ययन सकिएको र राजनीतिक रुपले सक्रिय रहेकोले आधारमा यस्तो जिम्मेवारी उपयुक्त हुने ठानिएकोछ । सामाजिक सञ्जालमा सक्रिय रहने, पत्रकारसँग राम्रो सम्बन्ध राख्ने, मिडिया फ्रेन्डली छवि बनाएका प्रकाशको अनुपस्थितिलाई पूर्ति गर्ने क्षमता र दक्षता सिर्जनामा रहेको पारिवारिक स्रोतको दावी छ ।
अहिले उनलाई लाजिम्पाट निवासमा रहेको ग्राउन्ड फ्लोरको दायाँपट्टिको कोठा दिइएको छ । सिसिटिभी राख्ने ठाउँ नजिक, प्रचण्डका निजी सचिव र सुरक्षाको जिम्मा पाएका जोखबहादुर महारा र सन्तु दराईहरु बस्ने कोठासँगै जोडिएको कोठा उनलाई बस्नका लागि दिइएको हो ।
सिर्जनाले यो प्रतिवद्धता पतिको देहावसना भएको चौथो दिन चितवनमा आयोजित श्रद्धाञ्जली सभामा भाग लिन नाति लिएर प्रचण्ड जानुअघि त्यहाँ सहानुभूति दिन पुगेकाहरुसमक्ष जनाएकी हुन् । प्रकाशसँग ठ्याक्कै अनुहार मिल्ने छोरा प्रसिद्धले ‘म गेम खेल्छु, मोबाइल चाहियो’ भन्दै झगडा गरिरहँदा उनी अब आफूले पतिको कामको जिम्मा लिने बताइरहेकी थिइन् ।
नेपाली सेनाका पूर्व अपरेशन कमाण्डर बन्दिपुरे शिवराम प्रधान, यादव रायमाझी र पूर्व सचिव जन्मजय रेग्मीहरु उनलाई ढाडस दिन त्यहाँ पुगेका थिए । उनीहरुले ‘यस्तो बज्रपात आइलाग्यो, अब तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ’ भन्दै सम्झाउँदा उनले, ‘बाबासँग मलाई कुनै समस्या छैन, उहाँले धेरै माया गर्नुहुन्छ’ भनेकी थिइन् । यसो भन्दा उनकी काकी, दिदी, मामा त्यहीँ थिए ।
सबैले अब प्रचण्ड निवास नछाड्नु भनेर सल्लाह दिइरहेका थिए । ‘तिम्रो समस्या र असन्तुष्टि प्रकाशसँग थियो होला तर अब उनी छैनन् । विगतलाई भुल र जिम्मेवार बन’ भन्दै उनलाई सम्झाइएको थियो । उनले ‘त्यस्तै कुरा पार्टीका अरु नेताले पनि भन्दिए हुन्थ्यो । तत्काल कास्की जिल्ला कमिटी सदस्य पनि भएका नाताले त्यहीँ सक्रिय हुन्छु र चुनावपछि यतै आउँछु’ भन्दै आफ्नो योजना र अपेक्षा प्रस्तुत गरेकी थिइन् ।
उनलाई सम्झाउनेहरुमा माओवादीका पूर्व नेता खिमलाल देवकोटा पनि थिए । कास्की लुम्लेकै देवकोटा र पत्नी लक्ष्मी नजिकै हेम्जाकी चेली सिर्जनालाई सम्झाउनमा व्यस्त थिए । सिर्जनाले ‘बुवा र दिदीहरुले त माया गर्नुहुन्छ’ भन्नुको अर्थ के अब उनलाई समस्या सासुबाट मात्र हो त ? त्यसो हो भने त्यो पनि मिलाउनुपर्ने हुन्छ । सासू सीता दाहालले अहिले ‘के प्रसिद्ध अब मसँग आउँछ त ?’ भनेर प्रश्न गर्न थालेकी छन् ।
उनले सिर्जनाले यी सबै कुरा भन्नुभन्दा अघिल्लो दिन नै नातिहरुको मुख हेरेर चित्त बुझाउने इच्छा राख्दै त्यसो भनेको बताइन्छ ।
जनआस्था साप्ताहिकमा खबर छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी