यस्ता छन् रविन्द्र अधिकारीका योजना

यस्ता छन् रविन्द्र अधिकारीका योजना

Rabindra for

कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वारहरु नमुना क्षेत्र देखि समृद्ध पोखराको प्रतिबद्धता व्यक्त गरेका छन् । बाम गठबन्धनका कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारी तथा कास्की २ को प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार कृष्ण थापा र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करणले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

उम्मेद्वारहरुले समृद्ध पोखरादेखी नमूना क्षेत्र बनाउने घोषणा गरेका छन् । उनीहरुले विगतमा बाम गठबन्धनले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै आगामी गर्ने कार्ययोजना प्रतिबद्धता पत्रमा समेटेका छन् । उनीहरुले समृद्ध पोखराका लागि पोखरालाई स्मार्ट सिटी बनाउने र त्यसका लागि अत्याधुनिक सुविधासहितको पर्यटन, शिक्षा, खेलकुद र स्वास्थ्य सेवाको उत्कृष्ट सहर बनाउने उद्घोष गरेको छ ।

प्रत्येक वडामा एक महिला वा पुरुषलाई रोजगार बनाउने कार्यक्रम लागू गर्ने बताएको छ । ब्यबस्थित दाहसंस्कारका लागि घाट निर्माण गर्ने, सार्वजनिक तथा धार्मिक स्थानको संरक्षण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । बिपत्तिमा परेका बेला सहयोग गर्न तालिम प्राप्त स्वयम्सेवक जनशक्ति निर्माण गर्ने र त्यसका लागि आवश्यक सामग्री राख्नका लागि गोदाम घर बनाएर सामग्री राख्ने तथा प्रत्येक स्थानिय तहमा प्राकृतिक विपत्तिमा राहत प्रदान गर्न कोष स्थापना गर्ने भनिएको छ । कास्कीका सबै सुकुम्बासी जसले कित्ता काट भएर पनि लालपूजा नभएकालाई लालपूजा तत्काल वितरण गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सबै वडामा एक/एक वटा वैंक तथा वित्तय संस्थाको शाखा खोलिने र प्रत्येक परिवारलाई निःशुल्क खाता खोल्न ब्यबस्था मिलाइने भनिएको छ ।

बाम गठबन्धन कास्की २ ले प्रदेशको आर्थिक समृद्धी र रोजगारी बृद्धिका लागि उद्योग ब्यबसाय सञ्चालन गर्न स्वेदशी तथा ंिबदेशी पुँजी आकर्षित गर्ने उल्लेख छ । युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना ब्यबसाय सञ्चालन गर्न आवश्यक सीप, तालिम तथा लगानीमै वातावरण निर्मा गर्ने जनाइएको छ । पोखरालाई पर्यटन, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन, चलचित्र निर्माण, सूचना प्रविधीलगायतका सेवा प्रदान गर्ने उद्योग सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने उल्लेख छ । पोखरादेखी मुस्ताङको कोरला नाकादेखी तिव्वत र नवलपुर भैंसेलोटनबाट भारतसँगको सीमापार ब्यापारमा जोड दिदै राष्ट्रिय स्वाधिनता अनुकुलको अर्थतन्त्रको निर्माण गर्न पहल गर्ने भनिएको छ ।

२० लाख पर्यटक भित्राउने महत्वकांक्षी योजना

बाम गठबन्धनले पोखरामा वार्षिक २० लाख आन्तारिक तथा बाह्य पर्यटक भित्राउने योजना प्रस्तुत गरेको छ । उसले प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण यो क्षेत्रको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएकाले पोखरालाई पर्यटनको उत्कृष्ट गन्तव्य स्थल बनाएर उक्त संख्यामा पर्यटक भित्राउने योजना ल्याएको हो । पर्यटन विकासका लागि अर्मलाकोट, जुम्लेटी, काहुँ, मौजा, भलाम, निर्मलपोखरी, कृस्ती र भरतपोखरीलगायत पोखरा उपत्यका वरीपरी रहेका डाँडाहरुमा पर्यटन पूर्वाधार विशेष लागू गरी हाइकिङ, दृश्यावलोकन केन्द्र एवम् सूर्योदय र सूर्यास्तको अवलोकन केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । आवश्यक्ता अनुसार थिम पार्क, बोटानिकल गार्डेन, रिक्रियसन पार्क र भ्यू टावर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

होम स्टे सेवालाई प्रोत्साहन गरिने

पेखराका प्राकृतिक तथा सांस्कृतिक महत्वका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गर्ने र ग्रामिण बस्तीहरुमा कृषि पर्यटन प्रबद्र्धनका लागि होमस्टे सेवालाई प्रोत्साहन गरिने उल्लेख छ । बाम गठबन्धनले पातले छाँगो र गुप्तेश्वर गुफा क्षेत्रमा सुरक्षा प्रबन्धसहित ब्यबस्थित गर्ने, बाटुलेचौर क्षेत्रमा रहेका महेन्द्रगुफा परिसरमा बानस्पतिक उद्यान र चमेरे गुफा परिसरलाई ब्यबस्थित र सौन्दर्यकरणगरी स्थानियको सहभागीतामा ब्यबसायीक पर्यटन गतिविधि सञ्चालन गर्ने बताएको छ । उसले सराङ्कोट, मट्टिखान, अर्मलाकोट, निर्मलपोखरी, भरतपोखरी, भलाम, मौजा र काहुँ लगायतका डाँडासम्म केबुलकार सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

पर्यटन विकासको पहिलो पूर्वाधार आवागमन सुविधामा बिस्तार गर्न पोखराबाट खैरेनीटार, भिमाद, कावासोतीबाट तराई मधेश जोड्ने फास्टट्रयाकको निर्माण गर्ने, भरतपुर, भैरहवासम्मको हवाई सेवालाई जनकपुर, विराटनगर र नेपालगञ्जता प्रमुख धार्मिक तथा औद्योगिक सहरहरुसम्म बिस्तार गरी नियमित गर्ने जनाइएको छ ।

पोखरा आउने ६० प्रतिशत पर्यटकको रोजाईमा रहेको साहसिक पर्यटन प्रवद्र्धन गर्न उत्तरतर्फ मनाङ र मुस्ताङसम्म जाने पदमार्गको पहिचान तथा सवेक्षण र विकास गरिने तथा मट्टिखान, निर्मलपोखरी, भरतपोखरी र काहुँ, भलाम, मौजा, अर्मलाकोटसम्म डाँडाको धुरी हुँदै गरिने रिजिलिन टे«किङलाई प्रबद्र्धन गर्ने भनिएको छ ।

पोखराको सुन्दरता बढाउन तथा हरियाली प्रवद्र्धन गर्न शान्ति वनवाटिका, वनपाले डाँडा, बौद्ध गुम्बा क्षेत्र, भलामको हरिहर गुफा, चमेरे गुफा माथिको वन क्षेत्रलगायतका स्थानलाई सहरी वन कार्यक्रम मार्फत जैविक विविधता पार्क र बानस्पतिक उद्यान स्थापनाग गरी वातावरणीय सन्तुलन एवम् पर्यटन प्रवद्र्धनमा जोड दिइने जनाइएको छ ।

पोखरामा पर्यटन, कृषि तथा वन, स्वास्थ्य, ईञ्जिनिरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा ब्यबसायीक शिक्षाका लागि महाविद्यालयहरु सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । वन, वन्यजन्तु, जैविक विविधता र वातावरणको अध्ययन अनुसन्धान गर्ने मानित विश्वविद्यालय स्थापना गर्न पहल गर्ने भनिएको छ । प्रत्येक वडामा वाचनालयक खोल्न तथा प्रत्येक वालवालिकालाई अनिवार्य विद्यालय पठाउनका लागि आवश्यक कार्यक्रमहरु लगू गरिने उल्लेख छ ।

प्रत्येक घरमा एक स्नातक कार्यक्रम लागू गर्ने र गरीब, विपन्न तथा असक्त व्यक्तिका छात्रवृत्ति सञ्चालन गर्ने तथा उनीहरुलाई रोजगारीमूलक ब्यबसाय सञ्चालनका लागि निःशुल्क ज्ञान, सीप दिइने भनिएको छ ।

विन्ध्यबासिनी, भद्रकाली, तालवाराही, राम मन्दिर, केदारेश्वर, भलामको हरिहर गुफालगायत त्यहाँका मठ, मन्दिर, बौद्ध गुम्बाहरु र मस्जिदहरुको संरक्षण, जिर्णोद्धार गरी प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको विकास गरिने जनाइएको छ ।

बाम गठबन्धनले महानगरका सवै वडाहरुमा एकीकृत सेवा केन्द्र, स्वास्थ्यचौकी, सामुदायिक सेवा भवन र सुरक्षा चौकहरु निर्माण लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । उसले पोखराको मूख्यबजारसहित अर्मला,भलाम, काहुँ, कृस्ती, निर्मलपोखरी र भरतपोखरीमा सञ्चालित साना सहरी र सह लगानीका निर्माणाधिन खानेपानी आयोजनालाई प्रवद्र्धन गर्दै एक घर एक धाराको नीति लागू गर्ने र त्यसलाई कार्यान्वयन गर्ने भनेको छ । नागरिकलाई स्वस्थ बनाउन मनोरञ्जन पार्क बनाउने, विहम स्थल, वालउद्यान, खेलकुद मैदान, युवाहरुको लागि व्यायामशाला बनाउने तथा जेष्ठ नागरिकलाई प्रवचन, भजनकिर्तन गर्ने भवन निर्माण गर्ने भनिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राष्ट्रिय अनुसन्धानमूलक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने उल्लेख छ ।

ग्रामिण क्षेत्रलाई सडक सञ्जालले जोड्ने

बाम गठबन्धनले यातायाततर्फ सबै ग्रामिण क्षेत्रबाट वडा केन्द्रसम्म र त्यहाँबाट नगरपालिकाको केन्द्रमा एवम् प्रदेशको केन्द्रलाई आधुनिक सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाएको छ । उसले पोखराका सबै सडकहरुको स्तरोन्नती गर्ने तथा वडा नम्बर ७ र १५ जोड्ने तथा वडा नम्बर १५ र ३३ लाई जोड्नका लागि दोहोरो आवागमन गर्नसक्ने पुल निर्माण गर्ने भनिएको छ । लामेआहालदेखी बागमारा हुँदै छोरेपाटनसम्म तथा अन्य ठाउँमा आवश्यक बाइपास रोड निर्माण गर्ने उल्लेख छ । पोखरा उपत्यकालाई सडक सञ्जालले जोड्नका लागि रिङरोड निर्माण गर्ने बाम गठबन्धनले प्राथमिकतामा राखेको छ । बाटुलेचौर हुँदै अर्मलाबाट सिक्लेश निस्कने सडक बनाउने भनिएको छ ।

फलफूल तथा नगदेबालीको पकेट क्षेत्र बनाइने

बाम गठबन्धनले कृषितर्फ अर्मला, मौजा, काहुँ, भरतपोखरी, निर्मलपोखरी, भलाम तथा कृस्ती जस्ता ठाउँहरुमा फलफूल खेती तथा नगदेबालीको संरक्षण र विकासका लागि पकेट क्षेत्र घोषणा गरी उत्पादनमा जोड दिइने भनिएको छ । कृषि उपज तथा पशुधनको विमा गर्ने र कृषकहरुलाई प्राङ्गरिक खेती प्रणालीतर्फ प्रोत्साहन गर्न आर्थिक सुविधासहितका तरकारी तथा फलफूलका सामुदायिक खेती कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ । सहकारिता एवम् समुदायको प्रत्यक्ष संलग्नतामा कृषि एवम् पशुपालन तथा यसमा आधारित घरेलु र साना उद्योगहरुमाफपर््त बस्तु तथा सेवाका प्रवद्र्धन, गर्दै उत्पादन, वितरण र बजारीकरणलाई ब्यबस्थित बनाउने भनिएको छ ।

बाम गठबन्धनले उज्यालो नेपाल अभियान अन्तर्गत विद्युतीयकरणमा जोड दिदै सेती, कालीखोला, फुस्रेखोला, सुरौंदी खोलाबाट विद्युत निकाल्ने प्रस्ताव गरेको छ । फोहरबाट उर्जा तथा कम्पोस्ट मल बनाउने प्रविधियुक्त उद्योगलाई प्राथमिकता दिने भनेको छ ।

फेवाताल संरक्षणका लागि गुरु योजना बनाइने

ताल संरक्षण गर्ने, सेती नदी, सुरौंदी, फुस्रे, काली, फिर्के, भलाम खोलालगायतमा जैविक विविधता एवम् जलाधार क्षेत्रको संरक्षण, तटबन्ध निर्माणका योजना ल्याउने जनाएको छ । ति खोलाबाट सिंचाई गर्नका लागि कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ । फेवाताल संरक्षणका लागि दिगो विकासको गुरु योजना निर्माण गर्ने भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ