पोखरामा दोस्रो बम विस्फोट हुन पाएन, डिस्पोज गरियो

पोखरामा दोस्रो बम विस्फोट हुन पाएन, डिस्पोज गरियो

UML bomb

पोखरा, १० मंसिर / पोखरामै फेरि अर्को बम विस्फोट हुनु अघि नै डिस्पोज गरिएको छ । शुक्रबार साँझ नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय नजिक रहेको पोखरा ९ को सम्पर्क कार्यालयमा गरिएको विस्फोटभन्दा ५० मिटरकै दुरीमा शनिबार पूर्वान्ह पेट्रोल बम भेटिएको थियो ।

दिउँसो अमरसिंहचौरमा एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा एमालेकै कार्यालय अगाडि राखिएको बम एक बजेर सात मिनेटमा नेपाली सेनाको टोलीले डिस्पोज गरेका हुन् ।

दिउँसो ११ बजेतिर राखिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मिनिरल वाटरको बोत्तलभरी पेट्रोल, तारहरु र फलामका टुक्राहरु एक बालकले देखेपछि घरमा खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेपछि सेनाको टोलीले डिस्पोज गरेको हो । ठूलो आवाजका साथ विस्फोट भएको थियो ।

अघिल्लो दिन शुक्रबार संयुक्त बाम गठबन्धनले चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमै बम विस्फोट भएको थियो । बाम गठबन्धनले पोखरा वडा नं. ९ मा प्रचारका लागि खडा गरेको कार्यालय अगाडि सटरमै विस्फोट भएको हो । त्यसै घर नजिकै शान्तिबन ओरालो नजिकै सब्जीमण्डी तिरको सिंढीमै बम राखिएको थियो ।

नेकपा एमालेको पार्टी कार्यालय सो घरबाट २० मिटर दुरीमा रहेको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा रविन्द्र अधिकारी र प्रदेश सभा सदस्यमा राजकाजी गुरुङ करण उम्मेदवार छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ