धादिङमा काँग्रसको बुथ कब्जाको कुप्रयास, मतदातालाई नै ढुंगामुढा, सशस्त्र प्रहरी खटाउने तयारी ।

धादिङमा काँग्रसको बुथ कब्जाको कुप्रयास, मतदातालाई नै ढुंगामुढा, सशस्त्र प्रहरी खटाउने तयारी ।

Congress-tree-flag

धादिङ, १० मंसिर / सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले विभिन्न ठाउँमा बुथ क्याप्चर गर्न खोजिरहेको न्युजहरु आईरहेका छन् । यसैक्रममा धादिङको खनियाँबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केलाई मतदान कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको छ ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान समेत नदिएपछि मतदान सुरु हुन सकेको छैन । मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधि जान नसकेपछि मतदान सुरु हुन नसकेको जानकारी दिए । अहिले त्यहाँ सशस्त्र प्रहरीको टोली पठाएर मतदान सुरु गर्ने तयारी भैरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds