विराटनगर-१२ मा घरदैलोमा सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा थिए लालबाबु पण्डित । मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेर्छन्, उनका कुरा सुन्छन् ।
सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो । लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ छ ।

कस्तो भइरहेको छ, घरदैलो अभियान ?
समय थोरै भएकाले व्यवस्थापन गर्न गाह्रै छ । अन्तक्रिर्या र छलफलका लागि समय मिलाउन गाह्रो भइरहेको छ । राम्रो समर्थन पाइरहेको छु र उत्साह जागेको छ ।
सबै मतदातासमक्ष पुग्न भ्याइन्छ त ?
सकेसम्म धेरै मतदातामाझ पुग्छौं । प्रदेशका पनि उम्मेदवार हुनु भएकाले कतिपय ठाउँमा बाँडिन्छौं पनि । घरदैलो र भेटघाट एकसाथ अगाडि बढाएको छु ।

मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?
धेरै वर्षपछि चुनावी मैदानमा उत्रिएको छु । विगतमा उम्मेदवार बनेकाहरुले केही काम नगरेकाले मतदातामा अविश्वास पाएको छु । केही मतदाता आशावादी पनि पाएको छु ।
मन्त्री हुँदा मैले गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छु ।

यो क्षेत्रका लागि तपाईंका एजेन्डाहरु के हुन् ?
राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने मेरो योजना छ । विराटनगर र इटहरीलाई जोडेर बृहत्तर नगर बनाउने योजना पनि छ । औद्योगिक नगर भएकाले विराटनगरमा उद्योगको विकासमा पनि जोड दिने मेरो योजना छ ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
चुनाव जित्नेमा पूर्ण आशावादी छु । मेरो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालालाई म ४५ सय मतान्तरले पराजित गर्छु भन्ने लागेको छ । सामान्य प्रशासन मन्त्री हुँदा मैले गरेका काम नै मेरो जितका आधार हुन् ।


आधिकारीक लिन्क
लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला