कानुनमन्त्री यज्ञ ब. थापाले भने– ‘आचारसंहितामा मन्त्रीलाई तान्नुहुन्छ । यी सामान्य कुराहरु…’ (हेर्नुहोस् भिडियो)

कानुनमन्त्री यज्ञ ब. थापाले भने– ‘आचारसंहितामा मन्त्रीलाई तान्नुहुन्छ । यी सामान्य कुराहरु…’ (हेर्नुहोस् भिडियो)

pokhara

गण्डक न्युज टिप्पणी
पोखरा । नेपाली काँग्रेसका नेता तथा कानुन मन्त्री यज्ञबहादुर थापाले आचारसंहिता कानुन मन्त्रीलाई नै किन नलागेको भन्ने प्रश्नमा निकै असहज ढंगले र अचम्म तरिकाले जवाफ दिएका छन् ।

पोखरामा सगरमाथा टेलिभिजनको आयोजनामा विहीबार भएको निर्वाचन विशेष कार्यक्रममा सहभागीहरुले मन्त्री थापालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रश्न उठाएपछि यसलाई सामान्य रुपमा लिनुपर्ने र यस्तो प्रश्न विपक्षीले भाषणमा उठाउने र प्रश्न सोध्नेलाई नै कार्यकर्ता भएको आशयमा अचम्मै लाग्दो जवाफ दिएका हुन् ।

मन्त्री थापाले अकमक्केर भनेका ति वाक्य कुनै कोणबाट पनि प्रश्नको जवाफका रुपमा आएन । सहभागी युवा विश्वदर्शन पराजुलीले कानुन मन्त्रीले नै निर्वाचन आचारसंहिता पालना गरेको छैन भन्दै घोषणापत्र, पार्टीले गरेका आचारसंहिता विपरित गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कास्की क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री थापाले भनेका छन्ः “प्रचार समितिले प्रचार सामाग्री छाप्दा पालना भएको छ । आचारसंहितामा मन्त्रीलाई तान्नुहुन्छ । यी सामान्य र तपसिलका कुराहरु…… यति ठूलो एकदम साँच्चै भनुँ भने … है है… सबैले, … अँ आँ … त्यसमा अलिकति आग्रह छ । हैन …. आग्रह भन्नाले कसैको कार्यकर्ता हुनु दोष होईन । कोणसभा, आमसभामा भाषण गर्नेले ल्याएको कुरा हो । भन्दै गर्नुहोला, यसबारे म धेरै जान्न । ….”

उनले वाक्य नटुंगिने यी जवाफमा पार्टीको प्रचार समितिले संहिताभित्रै रहेर काम गरेको, यति सामान्य कुरामा मन्त्रीहरुलाई तान्न नहुने, विपक्षी कार्यकताले आग्रहपूर्वाग्रहमा प्रश्न सोधेको र विपक्षीले सभाहरुमा लगाउने आरोप भनेर भनेका छन् । जबकि यो कुनै पार्टी विशेषप्रति नियोजित र पूर्वाग्रहसँग सोधिएको प्रश्न चाहिँ होईन ।

मन्त्रीलाई नै आचारसंहिता लाग्दैन भन्ने प्रश्न विपक्षी कार्यकर्ता नै भएपनि विपक्षीको मात्रै सवाल थिएन । उम्मेदवारको गाडीमा स्टिकर टास्ने , गाउँगाउँमा चुनावी प्रचारका लागी फेलेक्स, पोस्टर लगायत टाँसेको भेटिएको छ ।

सबै दलहरु यो सवालमा उल्लंघन कर्ता नै हुन् । तर यहाँ कानुनमन्त्रीले यस्तो भनेकाले उनी सम्बन्धित नै केहि तस्विर राखेका छौं ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds