पोखराबाट बीरगञ्ज छुटेको बस तनहुँमा दुर्घटना

पोखराबाट बीरगञ्ज छुटेको बस तनहुँमा दुर्घटना

24008140_1565054260254681_1445419603_o

दुर्घटनामा गम्भिर घाईते पुरुष । अहिलेसम्म उनको पहिचान खुल्न सकेको छैन ।

गण्डक न्युज पोखरा, ८ मंसिर / पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । यात्रुबाहक बस राति ८ बजेतिर तनहुँको शुक्लागण्डकी अकलादेवी मन्दिर नजिकै सडकमा पल्टिएको हो । बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ ।

 

उनीहरुको पहिचान नखुलेको घटनास्थलबाट हाम्रा समाचारदाता रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । घाईतेलाई पोखरा ल्याईएको बताईएको छ । दुर्घटनापछि बसका चालक भागेका थिए ।

बसको सिसा सबै फुटेको छ । दुर्घटनाको कारणबारे केहि खुलिसकेको छैन । स्थानीयले केहिबेर राजमार्ग नै अवरुद्ध गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ