प्रचण्डले प्रहरीका तीन आईजीलाई घरमै बोलाएर भने– ‘सहज निधन लागेन, सत्यतथ्य छानबिन गर्नुस’

प्रचण्डले प्रहरीका तीन आईजीलाई घरमै बोलाएर भने– ‘सहज निधन लागेन, सत्यतथ्य छानबिन गर्नुस’

Prachanda

काठमाण्डु, ३ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुत्र प्रकाशको सहज निधन नभएको आशंका गरेका छन् ।

प्रचण्डले झापाबाट राजधानी फर्केलगत्तै लाजिम्पाटस्थित निवासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखलाई बोलाएर यस्तो आशंका गरेका हुन् ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लाजिम्पाट पुगेका थिए । प्रहरी उच्च स्रोतका अनुसार प्रचण्डले आफूलाई प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानविनका लागि निर्देशन दिएका छन् ।

‘मलाई उसको सहज निधन भएको जस्तो लाग्दैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘के भएको हो सत्यतथ्य छानबिन गर्नुस ।’

उनले प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ