गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
विर्तामोड, ३ मंसिर / माओवादी अध्यक्ष पुष्पकमल दाहालका एकमात्र पुत्र प्रकाशको निधनपछि दाहाल परिवारमा बज्रपात आईलागेको छ । २ वर्ष अघि मात्रै क्यान्सरले जेठ छोरी ज्ञानु दाहालको निधन भएको थियो । अहिले भएको एकमात्र छोरो पनि अल्पायुमै परलोक भए ।
दुःखद भएको खवर आइतबार विहानै थाहा पाएपछि एमाले अध्यक्ष केपी ओली दमकवाट विर्तामोड पुगेर अध्यक्ष दाहाललाई समवेदना प्रकट गरे ।
प्रकाशको निधनको खबर पाएपछि तत्कालै प्रचण्डलाई हेलिकप्टरको व्यवस्था गरिएको थियो । बिर्तामोडस्थित बीएडसी अस्पतालको छतमा रहेको हेलिप्याडमा आइतबार बिहान हेलिकप्टर चढन् जानै लाग्दा उनको साथमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि थिए । उनीहरु दुबैको अनुहार ओइलिएको फुल जस्तै थियो । प्रचण्ड अघि-अघि, ओली पछि-पछि थिए ।
प्रचण्ड केही बोल्न खोजेजस्तो देखिन्थे, तर बोल्न सक्दैन थिए । ओलीले छतमै पुगेर प्रचण्डलाई हेलिकप्टर चढाए । र, सम्हाल्न अनुरोध पनि गरे । प्रकाशको निधनपछि झापा पनि शोकमा डुबेको छ। एमाले अध्यक्ष ओली निकै निराश देखिएका छन् ।
शनिवारका ब्यस्त राजनीतिक कार्यक्रम सकेपछि साँझ दुवै नेता आ–आफ्नो वासस्थान जान छुट्टिएका थिए ।ओली दमकस्थित आफ्नै निवासमा वास बसेका थिए भने दाहाल विर्तामोड अस्पतालको अतिथि सदनमा बसेका थिए । प्रकाशको निधन भएको खवर पाउनासाथ ओली बिहान विर्तामोड पुगे । दुवै नेताबीच विहान ८ वजे अस्पतालको अतिथि सदनमा भेट भएको थियो ।
दाहालको परिवारमा ठूलो शोक आइ परेपछि एमाले अध्यक्ष ओलीले दाहालसँगै काठमाडौं फर्कने तयारी गरेका थिए । तर, दाहालसँगको सल्लाहमा ओली झापाका पूर्व निर्धारित कार्यक्रममा सहभागि हुने तय भयो । आजै झापाको काकरभिट्टामा पार्टी प्रवेश र आमसभा तय भएको थियो ।
दाहालले ती कार्यक्रम दुईजना मध्ये एकजना उपस्थित हुनै पर्ने वताएपछि ओली झापामै रोकिएका हुन् । आजै मोरङ ३ को विराटचोकमा गठबन्धनको संयुक्त कार्यक्रम छ । दाहाल काठमाडौं आएपछि त्यसमा ओली मात्रै उपस्थित हुनेछन् ।
मंसिर ५ गतेका लागि तय गरिएको चितवनको कार्यक्रम पनि सकेसम्म स्थगित नगर्न दाहालले ओलीलाई सुझाव दिएका छन् । आफू सम्हालिन सकेको अवस्थामा चितवनको कार्यक्रममा सामेल हुने दाहालले वताएपछि दुवै नेता एकछिन स्तब्ध भएका थिए । आफू उठेको क्षेत्र चितवको कार्यक्रममा सहभागी नभएपनि चित्त नदुखाउन उनले भनेका छन् ।
आफू जान नसके माओवादीको तर्फबाट कुनै एक शीर्ष नेता कार्यक्रममा सहभागि गराउने भन्दै दाहालले ओलीलाई भने कार्यक्रम नछोड्न सुझाएका हुन् । सोमबार पूर्वका कार्यक्रम सकेर ओली काठमाडौं फर्कनेछन् । त्यसपछि दुई नेताबीच परामर्श हुने र अन्य कार्यक्रम तय हुने वताइएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी