पोखरा, ३ मंसिर / युवाहरुको पोखरामै जेठो संस्था पोखरा जेसीजको वर्ष २०१८ को अध्यक्षमा शिव सुवेदी निर्वाचित भएका छन् ।
निर्वाचन पश्चात शनिबार भर्खरै राति १ बजे सकिएको मतगणनामा सुवेदी शालिकराम गिरीलाई २ मतको झिनो अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ४७ तथा गिरीले ४५ मत प्राप्त गरे ।
यस्तै, कार्यकारीणी उपाध्यक्ष देवराज शर्मा, महासचिवमा गणेश गिरी, सचिवमा शक्ति बरुवाल, कोषाध्यक्षमा छवि पनेरु, कानुनी सल्लाहकारमा शिवप्रसाद सापकोटा चयन भएका छन् ।

शालिकराम गिरी (शितल) लाई अध्यक्षीय सल्लाहकारमा मनोनित गरिएको छ । गिरी यसअघि कार्यसमितिमा कानुनी सल्लाहकार थिए । गिरी सुपरहिट गीत म बिना कसैकसैलाई मुस्किल छ पोखरामा गीतका सर्जक हुन् । नवनिर्वाचित अध्यक्ष सुवेदी युनाईटेड इन्स्योरेन्सका पोखरा ब्राञ्च म्यानेजर हुन् ।
३८ औं शाखा अधिवेशन तथा ४३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको अधिवेशन निर्देशक तथा पूर्व अध्यक्ष गोविन्दप्रसाद देवकोटाले जानकारी दिए । वर्ष २०१७ का अध्यक्ष शिवप्रसाद कोईरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने