रौतहट, २ मंसीर / रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । वाम गठबन्धनको संयुक्त वडा भेलालाई लक्षित गरी भएको बिष्फोटमा परी तीन बालबालिका सहित दर्जन घाइते भएका छन् ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल नजिक रहेको राधाकृष्ण मन्दिरमा भेला हुने तयारीमा थियो । बिष्फोटमा परी नजिकै चिया पसल थापेर बस्ने ३१ बर्षिय सरीता राई र उनको ७ बर्षका छोरा जैबिक राई सख्त घाइते भएका छन् । सरीताको खुट्टा पुरै काम नलाग्ने भएको छ भने छोराको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
चन्द्रपुर नगरपालिकाकी ४५ बर्षकी लक्ष्मी राई, ५५ बर्षका रामबहादुर विक, ४८ बर्षकी कुन्ता खत्री, ३९ बर्षका गोपाल विक, ४५ बर्षकी दिलमाया राई, ५० बर्षकी एमुना काफ्ले लगायत घाइते छन् । एमाले कार्यकर्ता काफ्लेको हातको औंला चुडिएको छ ।

उनीहरुलाई वीरगञ्ज, चितवन र काठमाण्डौ पठाइएको छ । बिस्फोटन पछि चन्द्रनिगाहपुरका बासिन्दा त्रसित बनेका छन । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । घटना स्थलमा अहिले सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएको छ । बाम गठबन्धनका स्थानीय नेता उद्धव रेग्मीले वडा भेला हुनुभन्दा केही समय पहिला नै बम बिष्फोट भएको जानकारी दिए ।
अहिले दिउँसो करीव तीन बजे विस्फोट भएको हो । सो भेलामा प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान सांसद राम कुमार भट्टराई लगाएका नेताहरु सहभागी थिए ।
Pic. Pahadi Kumar Ashok
सम्बन्धित खबर
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर