आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत कास्की क्षेत्र नं. ३ का बामगठबन्धनका उम्मेदवारहरुले मतदाताले गठबन्धनलाई दुई तिहाई मत दिने विश्वास प्रकट गरेका छन् । प्रदेश सभा क का उम्मेदवार रामजी बराल जीवन र ख तर्फका उम्मेदवार राजीव पहारीलाई साथमा लिएर आफ्नो क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्मा खटिएका छन् ।
बिकले बाम गठबन्धनलाई नेपाली जनताले रुचाएको दाबी गर्दै गठबन्धनमा जनलहर बढदै गएको बताए । उनले गठबन्धनले देशैभर दुई तिहाई मत पाउने विश्वास प्रकट गर्दै देशलाई निकास दिई समृद्घिको बाटोतर्फ मोड्न गठबन्धन गरिएको स्पष्ट पारे ।
उम्मेदवार विश्वकर्माले निर्वाचन पछि बाम बहुमतको सरकार बन्ने ठोकुवा गर्दै त्यसले देशलाई निकास दिने उल्लेख गरे । उनले आफुहरु कम्युनिष्ट पार्टीका संस्थापकहरुको परिकल्पना पुरा गर्न लागि पर्ने प्रतिबद्घता व्यक्त गर्दै हेमजाको जनमत प्रगतिशील विचारधाराको पक्षमा रहेको पनि जनाएका थिए ।

प्रदेशसभा ३ क का उम्मेदवार रामजी बरालले संविधान मार्फत प्राप्त अधिकारलाई व्यवस्थित गर्न स्थायी सरकार चाहिने आवश्यकता औंल्याउदै, स्थायी सरकार तथा राजनैतिक स्थायित्वका लागि गठबन्धन गरिएको जनाए । उम्मेदवार बरालले मतदाताले आफ्नो मत प्रकट गर्दा विवेक पु¥याएर देशलाई निकास दिने शक्तिलाई मात्र दिन आग्रह गर्दै आगामी चुनावलाई फरक तर मौलिक प्रकारको चुनाव भएको भन्दै जनताका समस्यामा साथ दिने प्रतिबद्घता प्रकट गरेका थिए ।
समानुपातिक उम्मेदवार एवं पुर्व सांसद सीता गिरी ओलीले आफुहरुले समावेशी संविधान ल्याएको र त्यसैको कार्यान्वयनका लागि जनतासँग मत मागेको प्रस्ट पारिन् । अर्का समानुपातिक उम्मेदवार झलकपाणी तिवारीले गठबन्धनलाई परिवर्तनकारी शक्तिसँग तुलना गर्दै देशको अस्थिरतालाई परिवर्तन गर्ने दायित्व पनि गठबन्धनकै भएको भनाइ राखे ।
प्रदेश सभा ३ (ख) का उम्मेदवार राजीव पहारीले गठबन्धनले जित्दा देशले जित्ने र देशमा स्थायित्व प्राप्त हुने तर्क गर्दै चुनावका लागि मात्रै गठबन्धन गरिएको भनी कतिपय राजनैतिक दलबाट भएको प्रचारको खण्डन पनि गरे ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने