पञ्चासे मेलाबाट फर्कदैं गरेको बस दुर्घटना, मालेपाटनका गुरुङ्गको मृत्यु (तस्विरहरु)

पञ्चासे मेलाबाट फर्कदैं गरेको बस दुर्घटना, मालेपाटनका गुरुङ्गको मृत्यु (तस्विरहरु)

Panchase Accident (1)

पोखरा, १ मंसिर । कास्की, पर्वत र स्याङ्गको सिमानामा पर्ने पञ्चासेबाट पर्वत जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।

बालाचतुर्दशीमा पञ्चासे मेला सकेर पर्वतको कुस्मा जाँदै गरेको बस आर्थर नजिकैको कुस्मा नगरपालिका –१४ रेसको पाखामा शुक्रबार दिउँसो ४ बजे भिरबाट करीब १ सय ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव निरिक्षक भरत प्रसाद पौडेलले जानकारी दिए ।

बसमा सवार ४० यात्रु घाइते भएका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाएको उद्दारमा संलग्न मनोज गुरुङ्गले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

Pic. Facebook

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ