कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारीले मुठ्ठीभरका जनता मात्र धनी हुने शासन सत्ता पल्टाउने उद्घोष गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा—१६ बाटुलेचौर मैदानमा शुक्रबार विहान घरदैलोको शुभारम्भ गर्दै प्रतिनीधि सभा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार अधिकारीले मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने गरीब बनाईराख्ने वर्तमान शासन सत्ता पल्टाउने उद्घोष गरेका हुन् । उनले भने,‘केहि मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने सँधै गरीब भइराख्ने शासन सत्ता हामी उल्टाउँछौं ।’
एमालेका युवा नेतासमेत रहेका उम्मेद्वार अधिकारीले विगतमा राजनीतिक अस्थीरताका कारण विकास गर्न नसकेको स्विकार्दै अब बाम एक भई आएकाले स्थिरताका लागि मतदान गरी बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।
अधिकारीले कांग्रेसले शिसाको महलमा बसेर ढुंगा हान्ने काम गरिरहेको भन्दै शिसाको घर झरयामझुरुम पारिदिने चेतावनी दिए । कांग्रेस उम्मेद्वारले बाम गठबन्धनका उम्मेद्वारलाई व्यक्तिगत लाञ्छना र गालीगलौज गरेको प्रति उनले आक्रोस व्यक्त गरेका हुन् । उनले आकाशमा थुकेको थुक आफ्नै अनुहारमा पर्नसक्नेतर्फ नबिर्सन कांगे्रसलाई सचेत गराए ।

जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो संकल्प हो – करण
कास्की—२ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरुको संकल्प रहेको बताए । उनले मुलुकको मुहार फेर्नका लागि बाम गठबन्धनलाई विश्वास गरिदिन आग्रह गरे ।
कम्युनिष्टहरु नमिलेसम्म राजनीतिक परिवर्तन र आर्थिक समृद्धी नहुने दाबी गर्दैै उनले भने,‘हामीलाई अन्तिम पटक विश्वास गर्नुस्, मुलुकको मुहार फेर्ने र जनताको जीवनमा परिवर्तन ल्याउने हामीले संकल्प गरेका छौं र त्यो पूरा गरेरै छाड्छौं ।’ उनले ग्रामिणस्तरसम्म स्वरोजगार बनाउने र बेरोजगारलाई रोजगार दिने बाम गठबन्धनको अभिष्ट रहेकाले अन्तिम पटक अवसर दिन उनको आग्रह थियो ।
‘करण’ले प्रदेश नम्बर ४ लाई देशकै नमूना (मोडल) प्रदेश बनाउने आफूहरुको योजना रहेको बताए । साथै उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी दिदै त्यसो गरिरहे एउटाको सट्टा दशौं आरोपको प्रमाणसहित कांग्रेस उम्मेद्वारको भण्डाफोर गरिदिने बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने