यस्तो कविता सुनाउँदै ढले पण्डित, काँग्रेस नेता रामचन्द्रको चुनावी कार्यक्रम स्थगित

यस्तो कविता सुनाउँदै ढले पण्डित, काँग्रेस नेता रामचन्द्रको चुनावी कार्यक्रम स्थगित

Ramchandra Paudel

गण्डक न्युज पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी सभा विहीबार तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचितमा थियो । पौडेलले आफ्नो मन्तव्य व्यक्त गरिसकेका थिए । उनी खाना खानलाई मञ्च छाडेर गएपछि स्थानीय ५८ वर्षीय श्रीभद्र पण्डित मञ्चमा उक्लिए ।

कविता आधाउधी भएको थियो । उनको जीवनको भने अन्त्य हुन भयो । कविता वाचन गर्दा गर्दै ढलेपछि कार्यक्रम नै विथोलियो । हतार हतार गाडीमा डुम्रे स्थित लक्ष्मी सिटी हस्पिटल लगियो । तर बाटैमा उनको प्राण उड्यो ।

‘साह्रै दुःखद घटना भयो । कविता वाचन गर्दागर्दै फेन्ट भएर ढल्नुभो भने हल्ला भयो । गाडीमा पठाउँदै गर्दा निधन भयो ।’ कार्यक्रम स्थल पुगेका पत्रकार गंगाधर पराजुलीले भने– ‘कस्तो कविता पनि जब सम्म खोला बगिरहन्छ, म काँग्रेस भईरहन्छु, काँग्रेस रहिरहन्छ । यस्तै यस्तै भावमा थियो ।’

ढल्कँदो उमेरमा पनि तन्नेरी जोशका साथ चुनावी अभियानमा हिँड्ने उनको निधनले अपुरणीय क्षति पुगेको वरिष्ठ नेता पौडेलले बताएको पराजुलीको भनाई छ । मृतकको शव लक्ष्मी सिटी हस्पिटल डुम्रेमा रहेको छ । हस्पिटलमै पुगेर वरिष्ठ नेता पौडेल, गोविन्द भट्टराई लगायतले मृतकका आफन्तसँग भेटेर समवेदना प्रकट गरेका छन् ।

चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरे । साथै पौडेलले काँग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds