तनहुँ क्षेत्र नम्बर २ (२) किरण गुरुङ (बाम गठबन्धन): देश बचाउन बामन्थीलाई भोट

तनहुँ क्षेत्र नम्बर २ (२) किरण गुरुङ (बाम गठबन्धन): देश बचाउन बामन्थीलाई भोट

photo text

तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार, नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले आगामी चुनावमा देशभरमा नेपाली कांग्रेसको बढीमा एक दर्जन सिट मात्र जित्ने दाबी गरेका छन् ।

गुरुङले निर्वाचन पछि बामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र सोही सरकारले देशलाई अर्थिक रुपमा सम्बृद्ध बनाउने बताए । वामपन्थीको तालमेलपछि देशमा चुनाव हुन नदिन विदेशी प्रतिक्रियावादी र स्वदेशी बिखन्डनबादीहरुले ठूलो चलखेल गरेपनि जनताले त्यसलाई असफल बनाएको भन्दै गुरुङले चुनाव पछि वामपन्थीको दुई तिहाईको सरकार बन्न कसैले रोक्न नसक्ने बताए ।

एमाले र माओवादीबीचको तालमेल चुनावी तालमेल मात्र नभई भविष्यमा पार्टी एकता हुने समेत गुरुङले बताए । नेपाली कांग्रेसमा लोकतान्त्रिक भावना र शैली नभएको भन्दै गुरुङले नेपाली कांग्रेसले मुलुकका राज्यका उद्योग धन्दाहरु कौडीको मोलमा बेचेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा गुरुङले चुनाव पछि आफूले गर्ने कामको योजनाहरु प्रस्तुत गरेका थिए । गुरुङको २५ बुँदे योजनामा सडक, कृषि, जलविद्युत, शिक्षा, पर्यटन, संस्कृति, सिंचाई, खानेपानी, खेलकुद प्राथमिकतामा परेका छन् । सडक आयोजना अन्तर्गत गुरुङले रिङपथ, भीमकाली मार्ग, भीम भैरव मार्ग, कृष्ण मार्ग र भीमाद–साभुङ–डेढगाउँ–दलदले मोटर मार्गको विस्तार कालोपत्रे गर्ने, झापुटार–चालिसे मोटर मार्गलाई विस्तार र कालोपत्रे गर्ने कामलाई गुरुङले प्राथमिकतामा राखेका छन् ।

विभिन्न ठाउँमा सुविधा सम्पन्न प्राविधिक शिक्षालय र उच्च शिक्षा अध्ययन गर्ने कलेजहरुको स्थापना गर्ने, सबै गाउँहरुमा शुद्ध पिउने पानी र घरघरमा विद्युत पु¥याउने, आवश्यक ठाउँहरुमा रंगशाला तथा कर्भडहलको निर्माण गर्ने, सबै टारहरुमा सिंचाईको व्यवस्था गर्ने तथा उपयुक्त ठाउँमा सघन बस्ती आवास कार्यक्रम सञ्चालन गरि बजारको विकास गर्ने तथा नागरिकको औषत आयु ८० वर्ष पु¥याउने र साक्षरता प्रतिशत पु¥याउने गुरुङले प्राथमिकतामा राखेका छन् ।

नेकपा एमाले तनहँुका अध्यक्ष एवं क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले अबको निर्वाचन पछि बामपन्थीहरुको जित भई स्थिर सरकार बन्ने बताए । स्थिर सरकारले मात्र जनताको समस्या समाधान गर्न सक्ने भन्दै सिग्देलले तनहँुका सबै सिटमा बामपन्थीको जित हुने निश्चित रहेको बताए ।

तनहँु क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र २ को चुनावी अभियान बुधबारबाट सुरु भएको छ । बुधबार सो प्रदेश क्षेत्रका उम्मेदवार किरण गुरुङर, केदार सिग्देलले रिसिङ गाउँपालिका १ को झापुटारबाट चुनावी अभियान सुरु गरेका छन् । सो क्रममा उम्मेदवारद्वय गुरुङ र सिग्देलले उम्मेदवारको घर घरमा पुगी मतदाता समक्ष बामपन्थी उम्मेदवारलाई मत दिन आह्वान गरेका थिए । बामपन्थी नेतृत्वको सरकारले मात्रै जनताको समस्या समाधान हुने हुँदा बामपन्थी उम्मेदवारलाई जिताउन अपिल गरे ।

देश बचाउन बामपन्थीलाई भोट दिन पुर्वमन्त्री गुरुङको आग्रह

तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार पुर्वमन्त्री किरण गुरुङले देश बचाउन बामन्थीलाई भोट दिनुपर्ने बताएका छन् ।

कांग्रेशले देश र जनताको हित नगर्ने दाबी गर्दैै उनले देश जोगाउन नै बामपन्थी गठबन्धन बनेको बताए । कांग्रेशले सदा देश र जनतालाई ठग्दै आइरहनुका साथै उधोग धन्दाहरु कौडिको मुल्यमा बेचेको उनको भनाई थियोे ।

कार्यक्रममा पुर्ब साम्सद टुकराज सिग्देल, अनुशासन आयोगका केन्द्रिय सदस्य शान्ति खनाल, जिल्ला उप सचीव बिस्नुभक्त सिग्देल, माओवादी नेता रामबहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

https://www.facebook.com/imkirangurung/videos/1608978015808155/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ