एमाले नेता राजेन्द्र पाण्डे घाईते, धादिङबाट थप उपचारका लागि काठमाण्डौ लगियो

एमाले नेता राजेन्द्र पाण्डे घाईते, धादिङबाट थप उपचारका लागि काठमाण्डौ लगियो

Rajendra Pandey

काठमाडौं, २९ कात्तिक– चुनावी प्रचारको लागि घरदैलो अभियानमा हिँडेका एमाले नेता राजेन्द्र पाण्डे घाईते भएका छन् । धादिङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (१) का उम्मेदवार रहेका पाण्डे सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् ।

धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा साँझ ५ बजे देखी उपचार सुरु भएको छ ।

धुनिबेशीको चिसापानी र तोप्लाङमा चुनाव सभा गरी मझुवा तर्फ जाँदै गर्दा बाटोमा लडेर पाण्डे घाईते भएका हुन् ।  उनका सहयोगी निदेश घिमिरेले भने,‘भिरालो र चिप्लो बाटो थियो । उहाँ लड्नुभयो, ढुङ्गामा टाउँको ठोकिएर गम्भीर चोट लागेको छ । उपचारको लागि हामीले भर्खरै मात्रै मनमोहन अस्पतालमा ल्याएका छौं ।’

Pic. Nagarikpati.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds