कास्की क्षेत्र नं. ३ (ख) भोज गुरुङ ‘सिकन्दर’ (कांग्रेस): माहौल काँग्रेसकै पक्षमा छ

कास्की क्षेत्र नं. ३ (ख) भोज गुरुङ ‘सिकन्दर’ (कांग्रेस): माहौल काँग्रेसकै पक्षमा छ

Sikandar

कास्की क्षेत्र नम्बर ३ प्रदेश ख बाट उम्मेदवारी दिएका कांग्रेस नेता शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’ चुनावी अभियानमा व्यस्त छन् । उनले समुदाय केन्द्रीत भेटघाटलाई यतिबेला तिव्रता दिएका छन् ।

‘लोकतन्त्रको पक्षपाती सम्पूर्ण समुदायहरुलाई मैले व्यक्तिगत रुपमा भेटघाट गरिरहेको छु ।’ शिकन्दरले भने–‘माहौल काँग्रेसको पक्षमा निकै राम्रो बनेको छ । यस क्षेत्रका मतदाताहरु लोकतन्त्रलाई बचाउनुपर्छ र काँग्रेसलाई जिताउनुपर्छ भन्ने खाले प्रतिक्रिया दिईरहेका छन् ।’

क्षेत्र नं ३ प्रदेश (ख) मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका राजिव पहारी, नेपाली कांग्रेसका भोजबहादुर गुरुङ ‘सिकन्दर’, नयाँशक्ति पार्टीका नेत्रप्रसाद चापागाई, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, राप्रपाका धनुमाया कोइराला आचार्य, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीका कमला विक, संघीय समाजवादी फोरम नेपालका तुलबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङले उम्मेद्वारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ