कास्की क्षेत्र नम्वर ३ (ख)का बाम गठबन्धनका साझा उम्मेदवार युवा नेता राजीव पहारीले आफ्नो क्षेत्रको विकासको खाका प्रस्तुत गरेका छन् ।
उनले प्रदेश ख को समग्र विकासका लागी सराकोट, कास्कीकोट, पुम्दीभुम्दी हुदै छोरेपाटन जोडने गरि चक्रपथ निर्माण गर्ने बताए ।
उनले प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटका हिसावले महत्वपूर्ण प्रदेश रहेकाले यहाँ स्रोत र साधनको प्रयोग गदै रोजगारीको सृजना गरि युवाहरुलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्ने बताए । पहारीले प्रदेश नम्वर चारलाई समृद्ध बनाउने बताउदै बामगठबन्धन राजनीतिक स्थायित्व र समृद्धिका लागी भएको बताउदै त्यसका लागी आफुलाई विजय बनाउन आग्रह गरे ।

उनले देशमा राजनीतिक स्थायित्व र विकासका लागी गठबन्धनबाट आफुलाई जिताउन मतदातालाई आग्रह गरे । उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउदै पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने गरि अगाडी बढने बताए ।
कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुंग, माओबादी नेतृ गोमा ढकाल लगायतले बाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
‘जसले फेवाताल संरक्षण छ, भोट उसैलाई’
निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु के बिहान ? के साँझ ? भ्याई नभ्याई छ । पोखराको लेकसाईडमा पर्यटक खचाखच हुन्छन् । अहिले भोट माग्न नेता कार्यकर्ताहरुको भिड पनि देख्न सकिन्छ ।
बाम गठवन्धन निर्वाचन परिचालन कमिटी लेकसाईडले आयोजना गरेको उम्मेदवार घरदैलो कार्यक्रममा युवा संघ केन्दीय अध्यक्ष तथा क्षेत्र नंं ३ प्रदेश ख का उम्मेदवार राजीव पहारीलाई बाटोमा आफु चुनावमा उठ्नुको कारण बताउँदै व्यस्त देखिन्थे ।

एक जना पुराना पर्यटन व्यवसायीले ‘अबको भोट फेवा ताल बचाउनेलाई’ भन्दै पहारीसँग हात मिलाउन आए । पछिल्लो समय फेवाताल अतिक्रमण र प्रदुषण भएको प्रति चिन्ता व्यक्त गर्दै पहारीले ‘म अतिक्रमण भएको तालको जग्गालाई मुआब्जा दिएर ताल संरक्षण गर्दै हर्पन खोलाबाट आउने बालुवा ढुङ्गा रोक्न चेक ड्याम लगाउने छु’ भन्दै मत मागे ।
‘धेरै ले फेवा तालको नारा लगाएर मागी खाने भाँडो बनाए, अब त्यस्तो नहोस्’ भन्दै चिन्ता व्यक्त गरे । गौरीघाट अम्बोट ठाडोपसल ठाउँमा घरदैलो गर्दा अधिकांश मतदाताको भनाई ताल संरक्षणमा नै थियो ।

सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो