वामगठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ प्रदेश सभा २ का उम्मेदवार राजकाजी गुरुङ्ग करणले वाम जनमतको कदर गर्न वामगठबन्धन बनेको बताउँदै आफूहरुको लक्ष्य दुई तिहाई भएको तर बहुमत अनिवार्य भएको बताएका छन् ।
वामगठबन्धनपछि पार्टी एकीकरण हुने भन्दै करणले केपी ओली र प्रचण्डको दुरदर्शीताको कारण नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्न सम्भव भएको बताए ।‘करण’ले पैसाको बलमा कांग्रेसले चुनाव जित्ने सपना देखेको आरोप लगाउँदै उक्त सपना कहिल्यै पूरा नहुने ठोकुवा गरे ।
उनले भने, ‘कांग्रेसले पैसाको बलमा चुनाव जित्ने सपना देख्दैछ, पैसाको बलमा चुनाव जित्ने सपना पुसको महिनामा सुतेको मान्छेलाई चिसो पानी खन्याएजस्तो मात्र हो, त्यो कहिल्यै पूरा हुन सक्दैन ।’

उम्मेदवार करणले कसैको नीजि सम्पति खोस्नको लागि नभई समानताको लागि समाजवाद ल्याउन खोजेको स्पष्ट पारे । उनले भने, ‘समाजवाद भनेको समानता हो, विभेदको अन्त्य हो, समृद्धि प्राप्ती हो, कसैको नीजि सम्पती खोस्नको लागि हैन ।’
करणले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ खास र कोर ठाउँ भएकाले यसलाई कोरलाबाट पोखरा, केरुङबाट पोखरा, सुनौलीबाट पोखरा सिधै आउने द्रुत मार्ग निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
पोखरामा भएका तालहरु, गुफाहरु, हिमाललगायतलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरेर त्यसको समुचित विकास गर्दै पर्यटन व्यवसायमा छलाङ मार्न सकिने बताए । उनले पोखराका हरेक घरमा पानीको ट्रयाङकर र दमकल पुग्न सक्नेगरी पोखरा सहरलाई ब्यबस्थित गरिनुपर्ने र त्यसका लागि आफूले योजना बनाइरहेको बताए ।

सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो