काठमाडौं प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ।
मंगलबार सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलार्इ सार्वजनिक गरिएको हो ।
त्यस्तै समिरमान बस्नेत, मनोज पुन सहित ६ जना फरार रहेको प्रहरीले जनाएको छ । “भारतबाट मोटरसाइकल चोरी गरेर नेपालमा ल्याएर हत्यामा प्रयोग गरिएको देखियो । हत्या लगत्तै सुटरहरू मोटरसाइकलमा भागेका थिए ” एआइजि जयबहादुर चन्दले भने ।
फरार समिरमान हत्याको कमान्डर, मनोज पुन योजनाकार रहेको र लोप्साङ तामाङले गंगा लिङदेन, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, भगौडा आर्मी रोशन बुढाथोकी र अजय थापालगायतलार्इ परिचालन गर्न जिम्मा लिएका थिए ।
गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए। के कारणले हत्या गरेको भन्ने अनुसन्धान भईरहेको जनाईएको छ ।
सम्बन्धित खबर
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर